Websoft University

कांग्रेस नेता तुलसी सुब्बाले कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने

 


काठमाडौँ । रातो तारा डट कम, कांग्रेस नेता तुलसी सुब्बाले कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

तेह्रथुमका स्थायीबासी सुब्बा पूर्वका लोकप्रिय नेता हुन् । उनले पार्टीको केन्द्रीय कार्यसमितिमा आदिबासी जनजातितर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए । सुब्बा कोइराला परिवारसँग नजिक छन् ।

२७ वर्षमै मन्त्री बनेका सुब्बा तेह्रथुमबाट ०६४ सालमा प्रत्यक्षतर्फ निर्वाचित संविधानसभा सदस्य हुन् । तेह्रथुम त्यस्तो क्षेत्र हो, जहाँ ०१५ सालपछि कांग्रेसले चुनाव जित्न सकेको थिएन ।

त्यसो त सुब्बा नै ०५६ सालमा मात्रै कांग्रेस प्रवेश गरेका हुन् । उनको प्रवेशकै कारण तेह्रथुममा कांग्रेस संगठन मजबुद बन्यो । त्यसबेला आमनिर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट असन्तुष्ट बनेका सुब्बाले स्वतन्त्र उम्मेदवारी दिँदा पनि ११ हजारभन्दा धेरै मत प्राप्त गरेका थिए ।

राप्रपामा असन्तुष्ट बनेका सुब्बालाई तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले कांग्रेस भित्राएका हुन्, त्यो पनि १० हजार क्रियाशील सदस्य एकैसाथ दिएर । त्यसयता सुब्बा निरन्तर कोइराला परिवारको निकट रहेर संगठन गर्दै आएका छन् । तेह्रथुममा पार्टीको संगठनमा सुब्बाको एकलौटी होल्ड छ ।

विश्व राजनीतिलाई नजिकबाट बुझेका नेता सुब्बा २३ वर्षमै जिल्ला पञ्चायतको उपसभापति बनेका थिए, पछि २७ वर्षकै उमेरमा सहायक मन्त्री पनि भए । हाल तेह्रथुममा सुब्बानिकट अर्जुन तुम्बाहाङ्फे जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.