Websoft University

फुटबलमा आज दुई खेलहरु हुने


काठमाण्डौ मंसिर २७ गते । रातो तारा डट कम, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुने छन । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा सङ्कटा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । सङ्कटा र पुलिसबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । 

आजको खेलमा सङ्कटा दोस्रो जित निकाल्ने योजनासहित मैदान उत्रनेछ । सङ्कटा ३ खेलमा ५ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । पुलिसलाई हराएर सङ्कटा शीर्ष तीनमा उक्लन चाहन्छ । पुलिस पनि आज दोस्रो जितको खोजीमा रहेको छ । पुलिस ५ अङ्क जोडेर सातौं स्थानमा रहेको छ । 

सङ्कटालाई हराएर पुलिस शीर्ष तीनमा उक्लन चाहन्छ । यस्तै आजै हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र ब्रिगेडबीचको खेल अपरान्ह ४ ः ४५ मा सुरु हुनेछ । 

जावलाखेल आज पहिलो अङ्कको खोजीमा रहेको छ भने ब्रिगेड आज दोस्रो जितको खोजीमा हुनेछ । ब्रिगेड ४ अङ्क जोडेर नवौं स्थानमा रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.