Websoft University

दशरथ रङ्गशालामा आज पनि फुटवलका दुइ खेल हुने


काठमाण्डौ मंसिर १८ गते । रातो तारा डट कम, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो चरण अन्तर्गत आज दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा सङ्कटा क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । आजको खेलमा दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् ।

 सङ्कटा र मनाङबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । सङ्कटा आज दोस्रो जितको खोजीमा रहेको छ । सङ्कटा २ खेलमा ४ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ । मनाङ भने लगातार तेस्रो जितको खोजीमा रहेको छ । अपराजित मनाङ २ खेलमा ६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । मनाङ आज सङ्कटालाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । यस्तै आजै हुने दोस्रो खेलमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । च्यासल र एनआरटीबीचको खेल ४ ः ४५ मा सुरु हुनेछ । 

आजको खेलमा च्यासल दोस्रो जितको खोजीमा हुनेछ । च्यासलले अघिल्ला दुई खेलमा १ जित र एक हार व्यहोरेको छ । च्यासल २ खेलमा ३ अङ्क जोडेर आठौं स्थानमा रहेको छ । यस्तै एनआरटी पहिलो जितको खोजीमा हुनेछ । एनआरटीले २ खेलमा १ अङ्क मात्रै जोडेको छ । एनआरटी लिगको १२ औं स्थानमा रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.