Websoft University

बर्बरिकको मृत्युको आँधी बजारमा

 

विराटनगर । रातो तारा डट कम, नाट्यकर्मी तथा साहित्यकार भरत गुरागाईं बर्बरिकको नयाँ कृतिको रुपमा ‘मृत्युको आँधी’ कवितासंग्रह लोकार्पण भएको छ । 

नाट्य लेखन, निर्देशन र कलामा पोख्त बर्बरिकले लेखेका अत्यन्त यथार्थपरक, जीवन्त र मर्मस्पर्शी कविताहरुको संगालो मृत्युको आँधी प्राज्ञ तथा कवि विवश पोखरेल, समालोचक दधिराज सुवेदी, साहित्यकार बलराम पोखरेललगायतका स्रष्टाहरुले विराटनगरमा आयोजित विशेष कार्यक्रमका बीच एकसाथ लोकार्पण गरे ।

कोशी सांस्कृतिक प्रतिष्ठानले प्रकाशित गरेको बर्बरिकको कविता संग्रहमा ५० वटा कविताहरु समेटिएका छन् । आमा र कैली गाई, सेता मान्छेहरु, सिमाना, माटो र प्रेम, सुनामी, पिंजडा, माला, सत्ता, लास, मृत्युको आँधी जस्ता कविताहरु संग्रहमा संग्रहित छन् ।

लोकार्पण कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि तथा कवि पोखरेलले साहित्य र सौन्दर्यले छोएको मान्छे पागलजस्तै हुने बताए । पागलपनकै कारण अन्तस्करणबाट साहित्यको सिर्जना हुने भन्दै उनले सिर्जनाहरु त्यसकै उपज भएको बताए । 

कवि बर्बरिकका कविता संग्रहमा समेटिएका कविताहरुले मानवीय संवेदना र विद्रोहको प्रतिनिधित्व गरेको सहभागी वक्ताहरुले बताए । कवितामा जनताका दुःख र पीडाहरु व्यक्त भएको र कविले सत्ताको प्रकृतिलाई राम्रोसँग उजागर गरेको पनि पोखरेलले बताए । कविले बाघ र सत्ता उस्तै हुन् भनेर चित्रण गरेको भन्दै सत्ताको प्रकृति जनपक्षीत हुन नसकिरहेको तर्फ प्रहार गरेको उनको भनाइ थियो ।

कार्यक्रममा साहित्यकार बलराम पोखरेल, समालोचक दधिराज सुवेदी, चूडामणि नेपाल अकिञ्चन, तारा पराजुली, राधा सुवेदी, धीरज राई, लक्ष्मीअच्युत ढुंगाना, शुभलक्ष्मी लम्साल, सहित्यकार तीला लेकालीलगायतले कविता बाचन गरेका थिए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.