Websoft University

एचआइभी संक्रमितहरुलाई खादयान्न सामाग्री बितरण

 


सुनसरी । रातो तारा डट कम,३४औ विश्व एडस दिवसका अवसरमा इटहरीमा न्यून आय भएका एचआइभी संक्रमितहरुलाई खादयान्न तथा विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरिएको छ । विभिन्न सरोकारवाला संस्था सँगको समन्वयमा इटहरी उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा ती समाग्री वितरण गरिएको हो । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले १५ जनालाई खादयान्न समाग्री र ब्यक्तिगत सरसफाइका लागि प्रयोग गरिने हाइजेनिक किट प्रदान गर्नुभयो । कार्यक्रममा छ जना संक्रमित वालवालिकालाई झोला,कापी,जमेन्टी वक्स,कलम वितरण गरियो । प्रयास महिला समूहले खादयान्न र उपमहानगरले वालवालिकालाई शैक्षिक समाग्री र आम्दा नेपालले हाइजेनिक किट उपलब्ध गराएको इटहरी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले जानकारी दिनुभयो । कार्यक्रम अघि इटहरी उपमहानगरपालिकावाट सुरु भएको रयाली इटहरी चौक परिक्रमा गरि उपमहानगर परिसरमै आइपुग्यो । त्यहाँ भएको कार्यक्रमलाई सम्वोधन गर्दै इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत सूर्य प्रसाद सुवेदीले एचआइभी एडस नियन्त्रणका लागि सवैको सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो ।यसैबिच संक्रमित भइ मृत्यु भएकाहरुको संझना र मृतआत्माको शान्ति को कामना गर्दै साझ मुख्य चौकमा दिप प्रज्वलन गरिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.