Websoft University

प्रदेश १ मा ४९ जना कोरोनामा कोरोना संक्रमण

विराटनगर, २० मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण भएको छ । ५०८ जनाको पीसीआर परीक्षण गर्दा ४१ र १०१ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १५, झापामा १४, सुनसरीमा ६, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १०, सुनबर्षी र बुढीगंगामा २–२, रतुवामाईमा १, झापाको भद्रपुरमा ४, मेचीनगर, अर्जुनधारा, विर्तामोड र कमल गाउँपालिकामा २–२, दमक र हल्दिबारीमा १–१, सुनसरीको इटहरीमा ५, धरानमा १, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५ महिला र १२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.