Websoft University

ब्राउन सुगर सहित ३ जना पक्राउ

 


झापा, २०७८ मंसिर ५ गते । झापाको छुट्टा छुट्टै दुई स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरिएको छ । हिजो बेलुका साढे ५ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुन्धारा नगरपालिका ११ स्थित बसपार्कबाट  बिर्तामोड नगरपालिका ५ का २४ बर्षीय अभिसेक राजबंशीको साथबाट ब्राउन सुगर ३ ग्राम ३३० मिलिग्राम बरामद गरिएको छ । ब्राउन सुगर बरामद भए पश्चात उनले सवार गरेको  ज८प ८१३२ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको हो । यसै गरी सोही स्थानबाट बसपार्कबाटै खटिएको प्रहरी टोलीले हिजै राती ८ बजे बसपार्क एक होटल संचालिका ताप्लेजुङ श्रृजंगा गाऊपालिका ३ की २० बर्षीया अनिसा भट्टराई र ईलाम ईलाम नगरपालिका ६ का २८ बर्षीय मनिस राईलाई ब्राउन सुगरको कारोबार गरिरहेको अबस्थामा पक्राउ गरेको हो । उनिहरुको साथबाट ब्राउन सगुर १ ग्राम २७० मिलि ग्राम बरामद गरिएको छ । पक्राउ परेका तिनैजनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.