शनीबार पौडी खेल्ने क्रममा डुबेर चौधरीका २६ वर्षिय छोरा मनोज चौधरीको मृत्यु भएको थियो । पुत्रशोकमा परेका मेयर चौधरीलाई समवेदना दिन अध्यक्ष नेपाल दिउँसो पौने १२ बजे काठमाडौंदेखि हेलिकप्टरबाट आएका थिए । उनी मेयरको घरमा झण्डै २ घण्टा बसेर त्रियुगा नदिमा गरिएको अन्त्यष्टी कार्यक्रममा समेत सहभागी भएका थिए । उनले पार्थिव शरीरमा पार्टिको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
पाटी प्रवक्ता जगनाथ खतिवडाले माधब नेपाल मेयर चौधरीलाई समवेदना दिन आउनु भएको बताए । ‘ वहाको अरु कुनै कार्यक्रम थिएन । मेयर चौधरीको छोराको अन्त्यष्टिको लागि मात्र आउनु भएको हो ।’ उनले भने । समवेदना दिन नेकपा (माओवादी केन्द्र ) का संघिय सांसद सुरेस कुमार राई, प्रदेश–१ का मंत्री हिमाल कार्की, राजनैतिक दलका नेता, कार्यकर्ता, सांसदहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु साथै नगरवासीहरुको ठूलो संख्याा उपस्थिती रहेको थियो । थारु संस्कृती अनुसार मृतकको अन्तिम संस्कार त्रियुगा नदिमा गरिएको थियो ।
Post a Comment