Websoft University

प्रदेश १ मा ५७ जनामा कोरोना संक्रमण

विराटनगर, ७ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ । ३५६ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ८३ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २३, सुनसरीमा १३, मोरङमा ६, धनकुटामा २, उदयपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको बुद्धशान्ति र कनकाईमा ६–६, मेचीनगरमा ३, दमक र झापा गाउँपालिकामा २–२, गौरादह, भद्रपुर, हल्दिबारी र शिवसताक्षीमा १–१, सुनसरीको धरानमा ८ र इटहरीमा ५, मोरङको विराटनगरमा ४, उर्लाबारी र रंगेलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, उदयपुरको कटारी, पाँचथरको फिदिम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३ महिला र २० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.