Websoft University

गुरुकुल विद्यालय भवनको आईतबार जगत गुरु अनन्त श्री बालसन्त मोहन शरण देर्वाचार्यले उद्घाटन गर्नु भयो ।

 


श्याम राई÷उदयपुर   गाईघाट, २२ कार्तिक। त्रियुगा नगरपालिका–१२ शान्तिधाम परिसरमा निर्माण गरिएको गुरुकुल विद्यालय भवनको आईतबार जगत गुरु अनन्त श्री बालसन्त मोहन शरण देर्वाचार्यले उद्घाटन गरेकाछन् ।


समाजसेवी स्व हंश दाहाल र अम्बर खत्री दाहालको पुण्य स्मृतीमा उनकै श्रीमती छोरा र भाईहरुले करिब १ करोड १७ लाख ५४ हजार रुपैयाको लागतमा दुई तले दुई वटा १६ वटा पक्कि भवन निर्माण गरेका थिए । सो भावन जगत गुरु देवचार्यको उपस्थितीमा दाहाल परिवारले शान्तिधाम त्रियुगा वौद्धिक गुरुकुलम समितिलाई हसतान्तरण गरेका थिए । विद्यालय भवन परिसरमा हंस र अम्बर ( बाबु, छोरा ) को शालिक जगत गुरुबाट अनावरण गरिएको छ ।

वैदिक सनातन धर्मको संरक्षण र सम्बद्र्धन तथा संसारकै जेष्ठ र श्रेष्ठ भाषा संस्कृतको पुनरत्थानको लागि गुरु कुलम विद्यालय संचानार्थ शौचालय सहित दुई वटा पक्कि भवन निर्माण गरिएको कुरा दाहाल परिवारका राकेश खत्रीले बताए । उनले विद्यालय संचालनको लागि अक्षय कोष स्थापनाको लागि गुरुकुलम समितिलाई २५ लाख रुपैया उपलब्ध गराईएको पनि बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.