Websoft University

सरकारले कोरोनाविरुद्धको खोप अभियान तिब्रता दिदै,


काठमाण्डौ मंसिर ९ गते । रातो तारा डट कम, सरकारले गत माघ १४ मा सुरु गरेको कोरोनाविरुद्धको खोप अभियानले फेरी तिव्रता पाएको छ । चाडबाडका कारण असोज र कात्तिकमा सुस्ताएको खोप अभियानले मङ्सिर लागेसँगै तिव्रतापाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ वर्षभन्दा माथिका सबै नागरिकलाई आफ्नो परिचय खुल्ने राष्ट्रिय परिचयपत्र लिएर खोप लगाउन आग्रह गरेको छ । जसका लागि देशका विभिन्न स्थानमा खोप केन्द्रहरू पनि थप गरिएको मन्त्रालयले जनाएको छ । कात्तिक महिनामा जम्मा ४ दिनमा १ लाखभन्दा बढीले खोप लगाएकोमा मङ्सिर लागेसँगै दैनिक झन्डै एक लाखका दरले कोरोनाविरुद्धको खोप लगाइरहेको मन्त्रालयले जानकारी गराएको छ । देशभर एक लाख ४७ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेको जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.