Websoft University

नेकपा (एमाले) ले १०औैँ राष्ट्रिय महाधिवेशनका लागि आज प्रतिनिधि चयन हुदै,


काठमाण्डौ कार्तिक २७ गते । रातो तारा डट कम, नेकपा (एमाले) ले १०औैँ राष्ट्रिय महाधिवेशनका लागि आज प्रतिनिधि चयन गर्ने भइरहेको छ । चितवनमा मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि आज एकैदिन देशभरबाट एक हजार ९ सय ९९ जना प्रतिनिधि चयन गर्न लागिएको एमालेको सचिवालयले जनाएको  छ ।

 कतिपय स्थानमा भने सर्वसम्मत प्रतिनिधि चयन भइसके पनि प्रतिनिधिमा थपघट हुन सक्ने बताइएको छ । पदेन प्रतिनिधि जसमा केन्द्रीय कमिटी, केन्द्रीय निकायबाट स्वतः आउनेछन् । भौगोलिक क्षेत्र, जनवर्गीय सङ्गठनबाट निर्वाचित प्रतिनिधि आउनेछन् । पाँच प्रतिशत प्रतिनिधि मनोनयन गरिने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । 

महाधिवेशनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिवसहित १५ पदाधिकारी निर्वाचित हुनेछन् । ४५ स्थायी समिति सदस्यसहित २ सय २५ जनाको केन्द्रीय कमिटी रहने व्यवस्था नयाँ विधानमा छ । यो महाधिवेशनमा अध्यक्षसहित पदाधिकारी मात्रै होइन केन्द्रीय सदस्यसमेत सहमतिमै चयन गर्ने भएको हो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.