Websoft University

पोखराको लेकसाइडमा भिषण आगलागी

 


पोखरा । रातो तारा डट कम, एकाबिहानै पोखराको लेकसाइडमा भिषण आगलागी भएको छ ।

कास्की जिल्ल्ला पोखरा महानगरपालिका ०६ लेकसाइडको फुटपाथमा भिषण आगलागी छ । सोमबार (आज) बिहान ३ः४५ बजे सुरु भएको आगलागीबाट लेकसाइडको फुटपाथ क्षेत्रमा रहेका १० वटा रेस्टुरेन्ट तथा पसलहरू जलेर नष्ट भएको छ ।

आगलागीबाट मानवीय क्षति नभए पनि धनसम्पति जलेर नष्ट भएको छ । आगलागी के कारणले भएको भन्ने बारे अझै  खुल्न सकेको छैन । उक्त स्थानमा रहेको भारतीय नागरिकले सञ्चालन गरेको टिनका पसलबाट आगलागी भएको हुन् सक्ने अनुमान गरिएको छ ।

उक्त आगलागीमा  अन्य पसल र टहराहरूमा समेत गरेर दुई करोडको हाराहारीमा नोक्सानी भएको हुनसक्ने आँकलन गरिएको छ ।

अहिले आगलागी  पूर्ण रूपमा नियन्त्रणमा आएको र आगलागीले गरेको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको कास्की प्रहरी प्रमुख, एसपी रमेश थापाले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.