Websoft University

यात्रुवाहक बसबाट झरेर एक यात्रुको मृत्यु


श्याम राई÷उदयपुर गाईघाट, ७ मंसिर। रातो तारा डट कम, सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट–कदमाहा सडक खण्डको मोहनपुरमा यात्रुवाहक बसबाट झरेर एक यात्रुको मृत्यु भएको छ ।

गाईघाटदेखि विराटनगर तर्फ जादै गरेको ना ६ ख ९२४६ नम्बरको हिमाली बसको दोकाबाट झरेर विराटनगर उप–महानगरपािलका–५ बरगाछिका ३० वर्षिय सुजन विकको त्रियुगा नगरपालिका–६ जलजलेस्थीत मोहनपुरको जंगलमा मृत्यु भएको प्रहरीले जनाएको छ । गाईघाटस्थीत आफन्तकहा केही दिन अघि आएका उनी फर्कने क्रममा गुडी रहेको बसबाट सडकमा खसेका थिए । बसको ढोकामा आएर चुरोट खाने क्रममा उनी अचानक झरेको गाडीका कर्मचारीले बताएकाछन् ।

शबको पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डि.एस.पी. वेद प्रसाद गौतमले बताए ।





















Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.