Websoft University

इटहरीमा सिटौला टेक सोलुसन संचालनमा!


 शिव भट्टराई, । युवा व्यवसायी सबल सिटौलाले कम्प्यूटर पसल सञ्चालनमा ल्याएका छन्। सुनसरीको इटहरी ६ पश्चिम लाइन स्थित लक्ष्मी बैंकको पछाडि पटी उनले सुविधा सम्पन्न कम्प्युटर पसल सञ्चालनमा ल्याएका हुन् ।


सिटौला टेक सोलुसनमा पूर्वाञ्चल मै पहिलो पटक MIKROTIC , CISCO र REMAX ब्रान्डका सामानहरू साथै यसको सेवा उपलब्ध रहेको प्रोप्राइटर सबल सिटौलाले जनाएका छन् । 


उनका अनुसार पसलमा विभिन्न कम्पनीको थोक र खुद्रा ल्याप्टप तथा डेस्कटप सँगै इलेक्ट्रोनिक्स समानहरु सुपथ मूल्यमा उपलव्ध रहेको छ।

डेल कम्पनीको ल्यापटपको अधिकृत बिक्रेता रहेको सो पसलमा डिजिटल गेमिङका सामग्रीहरू, नेटवर्किङका सामग्रीहरू र विभिन्न ग्याजेटहरु पनि उपलब्ध रहेको उनले बताएका छन्।

 त्यसैगरी पसलमा रु ६२००० देखि १५०००० सम्मको ल्यापटपहरु साथै गेमिङ ल्यापटपहरु उपलब्ध रहेको र   

पुरानो ल्याप्टपहरु मर्मत समेत गरिने पसलकी प्रोप्राइटर सपना खड्काले बताएकी छिन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.