Websoft University

प्रदेश १ मा ४७ जनामा कोरोना संक्रमण

विराटनगर, २ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना संक्रमण भएको छ । ४४१ जनाको पीसीआर परीक्षण गर्दा ४५ र ५५ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा  झापामा २०, मोरङमा १५, सुनसरीमा ७, उदयपुर, तेहृथुम र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको हो । 

झापाको विर्तामोडमा ६, मेचीनगर र अर्जुनधारामा ३–३, शिवसताक्षी र भद्रपुरमा २–२, हल्दिबारी, गौरादह, दमक र कमल गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ११, सुन्दरहरैचामा २, पथरीशनिश्चरे र रंगेलीमा १–१, सुनसरीको इटहरीमा ४ र धरानमा ३, उदयपुरको त्रियुगा, तेहृथुमको म्याङलुङ र पाँचथरको हिलिहाङमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९ महिला र २२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.