Websoft University

दलहरूलाई ध्यानाकर्षणपत्र दिने– सर्वोच्चमा कानुन व्यवसायीको प्रदर्शन जारी छ ।


काठमाण्डौ मंसिर ६ गते । रातो तारा डट कम, न्यायालयमा देखिएको विवाद निरुपणबारे ठोस धारणा तय गर्न माग गर्दै नेपाल बार एशोसियसनले आज दलहरूलाई ध्यानाकर्षणपत्र दिने भएको छ ।आफ्नो आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै, कानुन व्यवसायीले आजपनि सर्वोच्च अदालतमा प्रदर्शन गरेका छन् । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ । त्यसमा प्रहरीले बल प्रयोग भएको भन्दै वकिलहरुले सर्वोच्चमा विरोध प्रदर्शन गरेका हुन् । कानुन व्यवसायीहरुले आज देशभरका अदालतहरुमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगरी आन्दोलन गरेका हुन् । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.