Websoft University

आज विश्वकप क्रिकेटमा दुई खेल हुने

 


काठमाण्डौ कार्तिक २१ गते । रातो तारा डट कम,आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्र्तगत आज दुई खेल हुने भएका छन् । आजको पहिलो खेल न्यूजिल्याण्ड र अफगानिस्तानबीच हुनेछ भने दोस्रो खेलमा पाकिस्तान र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । गएराति भएको खेलमा दक्षिण अफ्रिका विजयी भएको  छ । दक्षिण अफ्रिकाले इङ्ल्याण्डलाई १० रनले पराजित गरेको हो । दक्षिण अफ्रिकाविरुद्ध १ सय ९० रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले ८ विकेटको क्षतिमा १ सय ७९ रन मात्र बनाउन सक्यो ।  जित हासिल गरेपनि दक्षिण अफ्रिका आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा इङ्ल्याण्डलाई पराजित गरेपनि नेट रनरेटका आधारमा दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको हो । समूह १ बाट इङ्ल्याण्ड र अष्ट्रेलिया क्रमश समूह विजेता र उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका छन्  । यस अघि हिजो नै भएको पहिलो खेलमा अष्ट्रेलिया विजयी भएको छ । अष्ट्रेलियाले वेष्ट इण्डिजलाई ८ विकेटले पराजित गरेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.