Websoft University

शङ्खमुलमा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति



काठमाण्डौ कार्तिक २१ गते । रातो तारा डट कम, काठमाडौँको शङ्खमुलमा एउटा गाई फार्म र फोटो फ्रेम कारखानामा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आज बिहान गाईलाई कुँडो पकाउने क्रममा फार्मबाट सल्किएको आगो नजिकैको फोटो फ्रेम बनाउने कारखानासम्म फैलिएको प्रहरी वृत्त बानेश्वरले जनाएकोछ । प्रहरीका अनुसार आगलागीबाट कारखानाको १० लाखभन्दा बढी र गाई फार्मको दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ । म्याग्दीका प्रेम केसीको गाई फार्म र सिन्धुपाल्चोकको विश्व गुरुङको फोटो बनाउने कारखानामा आगो लागेको प्रहरीले जानकारी दिएको छ । बिहान सवा ५ बजेतिर लागेको आगो अहिले निभाइएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.