Websoft University

आयुर्वेद औषधालयमा राष्ट्रय आरोग्य तथा धन्वन्तरी दिवस मनाइदै,

 

मोहन कुमार राई÷ कार्तिक १७ गते। रातो तारा डट कम, संखुवासभा, आयुर्वे विकासको आधार जनशक्ति वकासको आधार भन्ने मूल नाराका साथ चैनपुर नगरपालिका स्थित आयुर्वेद औषधालयमा राष्ट्रय आरोग्य तथा धन्वन्तरी दिवस मनाएको छ । 

मानिस स्वास्थ्य रहन तथा रोग लागिहाले आयुर्वेदीक उपचारबाट निको पार्न धन्वन्तरी विधिलाई अपनाउँदै देशभर यो जयन्ती मनइने चैनपुर आयुर्वेद औषधालयका कविराज निरीक्षक दिनेश प्रसाद रायले वताउनुभयो । कार्यक्रममा  पतन्जली नगर योग समिति चैनपुरका अध्यक्ष नरबादुरअधिकारीले आफु आरोग्य वन्न विहानको समय योग गर्ने दिनमा कमाउने र साझको समय परिवार, साथीभाईसँग  रमाउने समय हो ।

 आज कृष्णपक्षको त्रयोदशी तिथि सँगै  तिहारको समय रहेकोले लक्ष्मीमात खुशी राख्न धन्वन्तरीको पूजागर्ने गएिको पनि वताउनुभयो । जीवनलाई खुशी राख्न योग, आध्यत्मिक चिन्तन, र आयुर्दे सँगै जोडिने भएकाले आजकै दिनबाट यो दिवस मनाउन शुरु गरिएको अध्यक्ष अधिकारीले वताउनुभयो । आजकै दिन विशेष गरेर नुन, बेसार, धनिया, कुचो ४ नयाँ वस्तु खरिद गरिने गरिने प्रचलन रहेको  वताउनुभयो । धन्वन्तरी खुशी राख्न नारीहरुको चित्त दुखाउन नहुने  नारीहरुको सम्मान गर्नुपर्ने विभिन्न वेद र शास्त्रमा उल्लेख भएको पाइन्छ ।  यसो गरे धनधयनकी देवी लक्ष्मी खुशी रहेने भनाइर रहेको समेत वताउनुभयो । 

कार्यक्रममा चैनपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत किरण प्रसाद ढकालले हामी स्वास्थ र आरोग्य रहन नेपालमा यो दिवस मनाउदै आएकोले संसारको जिवन जगतको खुशीको लागि आयुवेदको प्रर्वतक धन्वन्तरीले जुन मार्गदशन दिएर सुख शान्ती र स्वस्थ्य रहन प्रेरणा दिएको वताउनुभयो । यसैगरी कार्यक्रका सभापति एवं चैनपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष बलबहादुर अधिकारी, चैनपुर नगर योग समितिका सचिव  चन्द्र प्रसाद तामाङ, वडा नं. २ का वडाध्यक्ष गणेश प्रसाद न्यौपाने, लगायतले दिवसको बारेमा वोल्नुभएको थियो । स्थानीय ,सामाजिक संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, सरकारी कार्यालयलका प्रमुख तथा प्रतिनिधीहरु समेतको उपस्थिति रहेको थियो । 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.