Websoft University

लुटपाटमा संलग्न ३ जना पक्राउ -पक्राउ परेका लुटेरा आज सार्वजनिक

 


बिराटनगर असोज २७ गते । रातो तारा डट कम,अस्ति २५ गते अन्दाजी १५.४५ बजे मोरङ धनपालथान गाउँपालिका वडा नं.४ कर्सिया विपि चोक स्थित सिटिजन बैंक लुटपाट गर्न आएका ७ जना मध्ये ३ जना पक्राउ  परेका  छन । 

लुटेरा समुह समूह एक्कासी बैंक भित्र पस्ने क्रममा बैंकको गार्ड जिल्ला मोरङ रंगेली नपा २ बस्ने वर्ष ४० को सितल कुमाल लाई २ जना ब्यक्तिले निज गार्डसँग भएको खुकुरी खोसी पेस्तोल निकाली गार्डलाई ताक्दै नियन्त्रणमा लिन खोज्ने क्रममा निज गार्डले प्रतिकार गर्दा पछाडिबाट अर्को हतियारधारी ब्यक्तिले गोली प्रहार गर्दा दाहिने पातामा गोली लाग्न गई घाईते भएकोमा तत्काल प्रचौ कर्सियाबाट प्रहरी टोली खटि गई उपचार्थ न्यूरो अस्पताल विराटनगरमा पठाई उपचार सुरु  गरेको  थियोे ।  घाइतेको  हालको अबस्था खतरा मुक्त रहेको जनाएको छ।  धनपालथान गाउँपालिका वडा नं .२ खयरबना चोक नजिकबाट भाग्दै गरेको अवस्थामा प्रहरीले अपराधी पक्राउ गर्न प्रहरी सफल भएको थियो। 

पक्राउ ब्यक्तिहरू

 जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ८ बस्ने वर्ष ३२ को श्याम मुखिया, 

 देस भारत अररिया सेखपुरा ५ बस्ने वर्ष २८ को सुनिल यादव

 देस भारत अररिया गोराहा ४ बस्ने वर्ष ३० को बिजय सहनी बाया तिघ्रामा गोली लागि घाईते अबस्थामा को २५ प ३८९९ नं को मोसामा तिनैजना भारत तर्फ भाग्ने क्रममा जिल्ला ,मोरंङ धनपालथान गापा २ खयरबना चोक नजिकबाट पक्राउ गरि रंगेली अस्पतालमा उपचार पश्चात ईप्रका रंगेलीमा ल्याई राखिएको, अबस्था खतरा मुक्त ।

 प्रारम्भिक रूपमा अनुसन्धान पश्चात घटनामा संलग्न अन्य ६ जना रहेको भनि बुझिएको र उक्त ब्यक्तिहरुको खोजी कार्य जारी रहेको । 

बरामद सबुत को २५ प ३८९९ नम्बर१५० सिसि को निलो रंगको पल्सर मोटरसाईकल

पक्राउ सुनिल यादवले प्रयोग गरेको कटुवा पेस्तोल थान १ ९१ राउण्ड लोडेड गोली सहित  बरामद भएको ।

स्टनास्थलमा पेस्तोलको नपड्किएको राउण्ड थान १, खोका थान १ ।

घाइते गार्ड सितल कुमाल को शरिरको वाट निकालिएको गोली थान १ ।

स्( घाईते बिजय सहनीको साथबाट नोकिया कम्पनीको सादा मोवाईल थान(१ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.