Websoft University

ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु, सहचालक घाईते

 


संखुवासभा, २०७८ असोज २२ गते । जिल्ला संखुवासभा खादबारी नगरपालिका २ चेवास्कुल छेउ भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु, सहचालक घाईते भएका छन् । मृत्यु हुनेमा चालक संखुवासभा खादबारी नगरपालिका ५ लेलुवा का २५ बर्षीय मणी तामाङ रहेका छन् भने घाईते भएका सहचालक सोही स्थानका १९ बर्षीय महेन्द्र तामाङको घोपा धरानमा उपचार भईहेको छ । हिजो राती सँवा ८ बजे चेवाबाट चारबर तर्फ जादै गरेको प्र१०२००३ त १२२४ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रीत भई सडक देखी अन्दाजी १५ मिटर तल खसि दुर्घटना भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी मानेभन्ज्याङबाट प्रहरी टोली खटि गई दुवै जना घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल खादबारीमा पठाईएको हो । सो दुर्घटबाट गम्भिर घाईते भएका चालकको जिल्ला अस्पताल खादबारीमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको थियो भने घाईते सहचालकलाई थप उपचारको लागी धरान पठाईएको थियो । ट्याक्टर घटनास्थलमानै रहेकोले निकाल्न पहल भईरहेको छ । घटना सम्बन्धमा कानुनि प्रकृया तथा अनुसन्धान भईरहेको छ ।

 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.