Websoft University

यात्रुले गाडीमा विर्सिएर छाडेको करिब ८ लाख बराबरको सुनचाँदी र लत्ताकपडा अटोचालकले सम्बन्धित धनीलाई फिर्ता गरेर ईमानदारीताको उदाहरण देखाए

 


श्याम राई÷उदयपुर गाईघाट, २४ असोज । रातो तारा डट कम, यात्रुले गाडीमा विर्सिएर छाडेको करिब ८ लाख बराबरको सुनचाँदी र लत्ताकपडा अटोचालकले सम्बन्धित धनीलाई फिर्ता गरेर ईमानदारीताको उदाहरण देखाएकाछन् ।

उदयपुरगढी गाउँपालिका–६ कि मेनुका राईले दँशैको लागि गरगहना र लत्ता कपडा किनेर स १ ह १२३१ नम्बरको अटो चढेर घर फर्किएकी थिईन् । तर उत्रने क्रममा उनले उत्तः समान अटोमै विर्सिएकी थिईन् । धेरै सामान भएकोले सुनको गहना र कपडा भएको पोको गाडीमा नै छुटेपछि चालक कटारी नगरपालिका–४ सिम्लेका खड्ग वहादुर तामाङ्गले उक्त सामान ईलाका प्रहरी कार्यालय कटारीलाई बुझाएका थिए । प्रहरीले शनीबार नै समानको धनी पत्ता लगाएर उक्त समान एक कार्यक्रम माझ राईलाई फिर्ता दिएको थियो । चालकको ईमानदारीताको कदर गर्दै केही नगद पुरस्कार उनले तामाङ्गलाई दिन खोजेको भएपनि उनले लिन अस्वीकार गरेका थिए । 

कटारी बजारमै आईतबार प्र २ ०१००१ ह ७७७ नम्बरको अटोचालक कटारी नपा–५ का मिन कुमार राईले आफनो अटोमा भर्खरै किनिएको नयाँ मोवाईल फेला पारी प्रहरी मार्फत मोवाईल धनी संचिता बस्नेतलाई बुझाएकाछन् ।

२० हजार रुपैयामा उनले किनेको मोवाईल सेट प्रहरी मार्फत पाएपछि भेटेर फिर्ता गर्ने संचालक राईलाई नगद पैसा पुरस्कार दिन चाहेको थिईन् । तर चाकले लिन अस्वीकार गरेको उनले बताईन् ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.