Websoft University

सेफ्टी टेयाङकीको गाडीले ठक्कर दिदाँ साईकल यात्रीको मृत्यु

 


झापा, २०७८ असोज २७ गते । रातो तारा डट कम,झापा भद्रपुर नगरपालिका ४ रंगेडाडा स्थितमा सेफ्टी टेयाङकीको गाडीले ठक्कर दिदाँ साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा साईकल यात्री भद्रपुर नगरपालिका ६ का ६० बर्षीय महेश सिंह राजवंशी रहेका छन् ।

आज दिउसो ११ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको मे १ ख १६६३ नम्बरको सेफ्टी टेयाङकीको गाडीले बिपरित दिशाबाट आउदै गरेको साईकललाई ठक्कर दिदाँ गम्भिर घाईते भएका राजबशीको उपचारको लागी ओमसाई पाथिभरा अस्पताल भद्रपुर पुर्याउन साथ मृत्यु भएको छ ।

गाडी र चालक भद्रपुर नगरपालिका १० का २१ बर्षीय आमसमणी टुडु वडा प्रहरी कार्यालय भद्रपुरको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.