Websoft University

बिज्ञापनको कमिशनलाई अन्त्य गर्न सञ्चार गृहलाई सोझै विज्ञापन उपलब्ध गराउने– सचिव कालीप्रसाद पराजुली,


काठमाण्डौ असोज २० गते । रातो तारा डट कम, (प्रदेश नं १) संघीय तथा प्रदेश कार्यालयबाट प्रदेशस्तरीय सञ्चार माध्यममा वितरण गरिने विज्ञापनमा कर्मचारीले अत्याधिक कमिशन लिने कार्यको अन्त्य गर्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन । प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १८ गते सोमबार बिराटनगरमा आयोजना गरेको सूचना तथा सञ्चारसँगसम्बन्धित सरोकारवाला व्यक्तिहरु सँग एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।  

आन्तरिक मामिला तथा कानून राज्यमन्त्री लिलावल्लभ अधिकारीले जनताप्रति उत्तरदायित्व बनाउन सञ्चारकर्मीलाई स्वस्थ्य रुपमा आलोचना गर्न आग्रह गरे । उनले सञ्चार क्षेत्रलाई मजबुत र मन्त्रालयको कामलाई पारदर्शी बनाउन महासंघसँगको सहकार्यमा आवश्यक कानुन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । 

सञ्चारकर्मीले मन्त्रालयले पत्रकारको वृत्ति विकास हुने गरी  आवश्यक कानुन निर्माण गर्न र सबै प्रदेशका नियामित अनलाइन पत्रपत्रिका एफएम टिभीले समान रुपमा बिज्ञापन पाउनु पर्ने आग्रह गरेका थए । सो आग्रहलाई मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले बिज्ञापनको कमिशनलाई अन्त्य गर्न सञ्चार गृहलाई सोझै विज्ञापन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त कार्यक्रमै व्याक्त गरेका थिए ।

विज्ञापनमा कमिशन लिने र दिने कार्यको अन्त्य गर्नुपर्छ प्रादेशिक सञ्चार प्रतिष्ठानका यज्ञ शर्माले कार्यपत्र प्रस्तृत गर्दै, कोरोनाबाट ज्यान गुमाएका सञ्चारकर्मीलाई आर्थिक सहयोग गर्ने र कोरोना सङ्क्रमित सात जनालाई २५ हजारका दरले सहयोग उपलब्ध गराएको कुरा आफनो प्रतिबेदनमा उल्लेख गरेको थिए । नेपाल पत्रकार महासंघ प्रदेश १ का सभापति लिलाबल्लभ घिमिरेले पत्रकारका समस्या र यसका समाधान बिषयक कार्यपत्र प्रस्तुत गर्दै ३० दैनिक, ११० एफ एस, १८ साप्ताहिक पत्रपत्रिका, २०० अनलाइन, सात टेलिभिजन र एक हजार ६१० पत्रकार कार्यरत रहेको जानकारी दिए । 

मन्त्रालयका उपसचिव कमल थापा, बरिष्ठ पत्रकार मोहन भण्डारी, प्रदेश पत्रकार महासंघका निर्वतमान अध्यक्ष बिक्रम लुईटेल, मोरङका सभापति सञ्जीव खनाल, सञ्चारिका समूह प्रदेश १ अध्यक्ष इन्दिरा भट्टराई र अनन्त न्यौपानेले श्रमजीवी पत्रकारलाई सूचनाको पहुँच सहज बनाउन मन्त्रालयले आवश्यक भूमिका निर्वाह गनु पर्ने बताएका थिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.