Websoft University

मैलुङ–स्याफ्रु–रसुवागढी सडक छिटै सन्चालनमा आउने

 


काठमाण्डौ असोज १८ गते । रातो तारा डट कम, त्रिदेशीय मार्गको रुपमा रहेको त्रिशूली–वेत्रावति–मैलुङ–रसुवागढी सडक सञ्चालनमा आउने छ । नेपाल, भारत र चीनलाई एउटै सडक मार्गले जोड्ने छोटो दुरीको रसुवागढी नाका सम्म पुग्ने सो सडक मर्मत भइरहेको र केहि दिनमै सञ्चालनमा आउने भएको हो । 

असार १ गतदेखि अवरुद्ध भएको मैलुङ–स्याफ्रु–रसुवागढी सडक एक साताभित्र सञ्चालनमा ल्याउन लागिएको जानकारी दिइएको छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाका अनुसार सडक खुलाउनका लागि काम अघि भइरहेको छ । 

मैलुङदेखि स्याफ्रुबेसी सम्मको सडकमा झरेको पहिरो हटाउने, ठुलाठुला ढुङ्गा फुटाउनका लागि ब्लाष्टिङ गर्ने, नदी कटान गरेको क्षेत्रमा नयाँ बाटो बनाउने लगायतका काम गर्नुपर्ने सो कार्यालयले जनाएको छ । सो सडक खण्डको चार ठाउँमा ब्लाष्टिङ गर्नुपर्ने भएको छ । 

ब्लाष्टिङ गर्नुपर्ने क्षेत्रमा होल खोप्ने काम भइरहेको छ भने ब्लाष्टिङको लागि स्वीकृति आउन बाँकी छ । स्वीकृति आउना साथ ब्लाष्टिङ सुरु हुने  कार्यालयले जनाएको छ । ब्लाष्टिङको कार्य सकिएपछि पहिरो हटाउने तथा नदीले कटान गरेको क्षेत्रमा नयाँ बाटो बनाउने काम अघि बढ्ने जनाइएकोे छ । 

बर्खाको कारण सडकको विभिन्न स्थानमा पहिरो गएको र जोखिम बढेका कारण गएको जेठ अन्तिमबाट स्तरोन्नतिको काम रोकिएको थियो । हालसम्म यो सडकको स्तरोन्नतिको काम १५ प्रतिशत सकिएको छ । रेडियो भैरवि,नुवाकोट,





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.