Websoft University

जेष्ठ नागरिक वडा कार्यसमितिको पहिलो साधारणसभा सम्पन्न


 बिराटनगर असोज १५ गते । रातो तारा डट कम,आज ३१ ओैं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अबसर पारेर बिराटनगर ११ ले जेष्ठ नागरिक वडा कार्यसमितिले पनि आफ्नो पहिलो साधारणसभा आज सम्पन्न गरेको छ । बिराटनगर महानगरपालिका का उप मेयर श्रीमती इन्दिरा कार्कीले व्यानर पढेर कार्यक्रमको उदघाटन गर्नु भएको थियोे । कार्यक्रममा जेष्ठ नागरिक संस्थाको सहयोगमा आफ्नोतर्फबाट र महानगरको तर्फबाट आवश्यक सहयोगगर्ने बताउनु भएको छ ।


आम जनताबाट ७३ लाख र महानगरबाट ३० लाख रकम प्राप्त भएको रकमबाट एक तल्ला भवन ढलान गर्न लागिएको छ भने भवन २ तला बनाउने लक्ष्य रहेको बताएको छ।

संस्था २०७८/०५/१५ मा जिल्ला प्रशासन मोरङमा दर्ता भाइ कानुनी मान्यता प्राप्त गरेको छ। कार्यक्रममा निभिन्न वक्ताहरूले पनि बोल्नु भएको  थियोे ।

जेष्ठ नागरिक १५ जना भन्दा बढी आजिवन सदस्य लाई कार्यक्रममा सम्मानित गरिएको छ। कार्यक्रममा कोषाध्यक्ष भारत कार्कीले आए व्याय बिवरण पेस गरेका थिए भने सचिव अर्जुन कार्कीले संसोधित बिधान वाचन गरेका थिए।

बिराटनगर ११ का वडा अध्यक्ष तिथेन्द्र न्योैपानेले सदा जेष्ठ नागरिक भवन निमार्ण का लागि सहयोगी हात अगि बढुन भन्दै दाताहरूलाइ धन्यवाद दिनुभएको छ। कार्यक्रमको अध्यक्ष ललित बहादुर श्रेष्ठले गर्नु भएको थियोे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.