Websoft University

पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओली भोलि इटहरी आउने

 


सुनसरी । रातो तारा डट कम,नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दुईवटा कार्यक्रमलाई सम्वोधन गर्न भोली इटहरी आउनुहुने भएको छ । नेकपा एमाले इटहरीले आज पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी पूरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा एमाले इटहरी उपमहानगरसमिति अध्यक्ष याम सुब्बाले नेकपा एमालेको ऐतिहासिक विधान महाधिवेशन पछि संभवत अध्यक्ष ओलीको पहिलो कार्यक्रम भएकाले यि दुवै कार्यक्रम महत्वपूर्ण रहेको वताउनुभयो । अध्यक्ष ओली भोली विहान साढे ११ वजे इटहरी २ मा एमालेका पूराना अग्रज मजदुर नेता ओम कोइरालाको नागरिक अभिनन्दन कार्यक्रममा सहभागि हुनुहुने छ । ओम कोइराला नागरिक अभिनन्दन समितिद्धारा अग्रज मजदुर नेता,निष्ठावान,निस्वार्थ ब्यक्तित्व ओम कोइरालाको भब्य अभिनन्दन कार्यक्रम आयोजना गरेको हो । त्यहाँ नेकपा एमाले इटहरीले पनि नेता कोइरालालाई सम्मान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा अध्यक्ष सुब्बाले जानकारी दिनुभयो । कार्यक्रममा मजदुर नेता ओम कोइरालाका तीन वटा पुस्तकको लोर्कापण समेत गरिने ओम कोइराला नागरिक अभिनन्दन समितिको अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिनुभयो । सो कार्यक्रम पछि दिउसो १ वजे ठूलो जनता स्कुलको खेल मैदानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वृहत कार्यकर्ता भेला तथा शुभकामना कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।  इटहरी लगायत सुनसरी जिल्लाभरका हजारौ अगुवा कार्यकर्ता कार्यक्रममा सहभागि हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.