Websoft University

नेपालीहरुको महानपर्व बडादशैं आजबाट शुरु– घर–घरमा घटस्थापना गरी जमरामा राख्ने काम हुदै,


काठमाण्डौ असोज २१ गते । रातो तारा डट कम, नेपालीहरुको महानपर्व बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिँदै छ । पहिलो दिन आज समस्त हिन्दु धर्मालम्बिहरुले आ–आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दैछन् । 

पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी, माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ । घटस्थापनाको साइत बिहान ११ः४६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समिति जनाएको छ । दशैंको जमरामा जौ लगायत धान, मकै र गहुँका पँहेला, हरिया अङ्कुरित बालाहरू समावेश हुन्छ । आजकै दिनदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्दै नवरात्र मेला आरम्भ हुने गर्दछ । 

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा भन्ने गरिन्छ । 


 



 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.