Websoft University

बेलबारीमा मासुपसलहरुको अनुगमन


मोरङ बेलबारी २४ असोज । रातो तारा डट कम,बेलबारी नगरपालिकाले नगरभित्र संचालित मासु पसलहरुलाई स्व्च्छ र व्यवस्थित गर्न मासु पसलहरुको अनुगमन गरेको छ।नगरस्तरीय उपभोक्ता हित संरक्षण समिति संयोजक एवम् नगर उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वमा शनिबार बेलबारी ५ कसेनी,बेलबारी ६ सोमबारे र बेलबबारी ७ बाहुनीका मासुपसलहरु र खाद्यान्न लगायत अन्य बजारको समेत अनुगमन गरेको थियो।अनुगमनका क्रममा नगर क्षेत्रभित्रका केही मासु पसलहरु आधारभूत सरसफाईका मापदण्ड समेत नअपनाई संचालन गरेको पाइएको अनुगमन समिती संयोजक महेन्द्र खड्काले बताएका छन्।


कतिपय मासुपसलहरु सडकको क्षेत्राधिकारभित्र संचालन भएको, सरसफाईमा ध्यान नदिई स्वास्थ्यका न्यूनतम मापदण्ड समेत पुरा नगरी संचालन गरेको,केहि पसलहरु दर्ता अनुमति बिना नै संचालन गरेको पाइएकोले बैधानिक तवरले स्वास्थ्य र स्वच्छतालाई मध्यनजर गरेर मात्र पसल संचालन गर्न संचालकहरुलाई अनुरोध स्वरुप सचेत गराएको र तत्काल पसलहरु  व्यवस्थित एवम्  सुधार नगरे कार्वाही समेत गरिने  बताइन्।

उनले त्यसखाले लापरवाहीले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने भएकोले पसलहरुलाई स्वास्थ्य तथा सरसफाईका सबै मापदण्ड तत्काल पुरा गर्न चेतावनी सहित सचेत गराइएको जनाइन्।अघिल्लो पटक अनुगमन् गर्दा सचेत गराइएका पसलहरुको अवस्था भने हाल सुधार आएको पाइएकोले समितिले धन्यवाद व्यक्त गरेको  उनले बताइन् ।

अनुगमन् टोलीले मूल्यवृद्धि,कृत्रिम अभाव र कालोबजारी नगर्न तथा आम  उपभोक्ताको स्वास्थलाई मध्यनजर गरेर खाद्य सामग्री विक्री गर्न व्यवसायीहरुलाई अनुरोध गरेको छ।

उपप्रमुख पराजुलीसहित कार्यपालिका सदस्य बिन्दु गुरुङ,प्रशासन शाखा प्रमुख महेन्द्र खड्का,स्वास्थ्य शाखाका कर्मचारी लोकबिक्रम श्रेष्ठ,इलाका प्रहरी कार्यलाय बेलबारीका  सुरक्षाकर्मी हरि पुरी लगायतको टोलीले अनुगमन गरेको हो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.