Websoft University

पीडित पुन भेटघाट

 


बिराटनगर  असोज १ गते । रातो तारा डट कम,  पीडक (कसुरदार) लाई कानून बमोजिमको दण्ड दिनु, समाजलाई अपराध र अपराधको भयबाट मुक्त राख्नु र पीडितलाई कानून बमोजिम उचित न्यायीक उपचार उपलब्ध गराउने उद्देश्यका साथ पीडित मैत्री वातावरण सिर्जना गर्दै, पीडक र निजको पक्षबाट पीडितलाई हुन सक्ने दवाव, प्रभाव तथा हस्तक्षपलाई रोक्न, पीडितलाई सुरक्षित अनुभूति गराउन, पीडितको पिडा कम गर्दै आत्मबल अभिवृद्धि गर्नु र नेपालको संविधान २०७२ को धारा २१ र अपराध पीडित संरक्षण ऐन २०७५ को परिच्छेद २ मा ब्यवस्था भए अनुसार अनुसन्धान सम्बन्धि सूचनाको अधिकार, न्यायिक कारवाही सम्बन्धि सूचनाको अधिकार, क्षतिपूर्ती तथा सामाजिक पुनस्स्थापनाको अधिकार, दण्डहिनताको अवस्था सृजना हुन नदिन तथा पीडित न्याय प्रणाली कायम राख्न पीडितसँग सम्पर्क गरी पीडितलाई कानून बमोजिम सहयोग गर्न आवश्यक देखिएकोले आज मिति २०७८।०६।०१ गतेबाट जिल्ला प्रहरी कार्यालय मोरङ र मातहत प्रहरी ईकाई समेतले पीडित पुनस् भेटघाट ९ख्ष्अतष्m च्भखष्कष्त० कार्यक्रम २०७८ को शुरूवात गरिएको छ ।  

पीडित पुनस् भेटघाट ९ख्ष्अतष्m च्भखष्कष्त० कार्यक्रम, २०७८ शुरूवातको क्रममा २०४२ साल भाद्र १८ गते भएको खुन डाका मुद्दाका पीडित जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं।(३ बस्ने बर्ष ८५ को धर्मध्वज थापा क्षेत्रीसँग जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जि।सी।सहितको टोलीले भेटी पीडित पुनस् भेटघाट कार्यक्रम शुरू गरियो । उक्त घटनामा संलग्न रही फरार रहेका जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं।(७ तकिया बस्ने बर्ष ८७ को उजारू चौधरी थारू र जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं।(७ तकिया बस्ने बर्ष ५० को शिवना सरदार वातरलाई ३५ बर्ष पछाडि मिति २०७८।०५।०९ गते पक्राउ गरी कानूनी कारवाही भएको जानकारी गराउँदा निज धर्मध्वज थापा क्षेत्रीले लामो समय पछि पनि न्याय पाएकोमा खुशी ब्यक्त गर्दै प्रहरीको यो अभियानको प्रशंसा समेत गर्नु भयो । 

साथै ईलाका प्रहरी कार्यालय रानी, रंगेली, सिजुवा, उर्लाबारी, पथरी, लेटाङ र बेलबारी समेतले  पीडित पुनस् भेटघाट ९ख्ष्अतष्m च्भखष्कष्त० कार्यक्रम, २०७८ को शुरूवात गरेको र पीडितहरूले प्रहरी घरमै आएर प्रत्यक्ष भेटघाट गरी कानूनी परामर्श, प्रकृयाको जानकारी र पिडकलाई कानूनी कारवाही सम्बन्धमा जानकारी गराउँदा खुशी ब्यक्त गरी यो कार्यक्रमको प्रशंसा समेत गर्नु भएको छ । 

 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.