Websoft University

तिज विशेष कार्यक्रममा लायन्स क्लबद्वारा माया घरलाई सहयोग!

 


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,जोन चेयरपर्सन मनिता दंगालको जोन अन्तर्गत रहेका लायन्स क्लबहरू लायन्स क्लब अफ मोरङ्ग, लायन्स क्लब अफ बाँसबारी लायन्स क्लब अफ इटहरी बुद्ध, लायन्स क्लब अफ सलकपुर र लियो क्लब अफ बाँसबारीको संयुक्त आयोजनामा मायाघर  इटहरीमा तिज कार्यक्रम गरिएको छ।


सडकमा जिवन  बिताइरहेकाहरुलाई आरक्षण गरिएको घर माया घरमा आज बुधबार तिज कार्यक्रम गर्दै त्यहाँ रहेका महिलाहरुलाई  खाद्यान्न, सागसब्जी साथै अन्य सामग्री हस्तान्तरण गरिएको छ। तिज विशेष अवसर पारेर खाना खुवाउने साथै चेलीबेटीहरुलाई मायाको चिनो हस्तान्तरण गर्ने कार्यक्रममा सुन्दरहरैचा-४ का वडा सदस्य, समाजसेवी  तथा लायन्स क्लब अफ बाँसबारीका सदस्य लायन रबिन दाहालले नगद रु १००००/ दस हजार रुपैयाँ सहयोग गरेका थिए।


लायन्स क्लब अफ मोरङका अध्यक्ष मदन ओझाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा लायन्स क्लब अफ बासबारीका अध्यक्ष प्रकाश सिग्देलले स्वागत मन्तव्य राखेका थिए ।

लायन्स क्लब अफ सलकपुरका अध्यक्ष 

निशम कार्की, इटहरी बुद्धका अध्यक्ष जिवन दंगाल, लियो क्लब अफ बाँसबारीका अध्यक्ष मदन भण्डारी लगायतको उपस्थितिमा भएको उक्त तिज विशेष कार्यक्रममा माया घरलाई सहयोग गरेकोमा माया घरकी सञ्चालिका शुभद्रा प्याकुरेलले सहयोगी हातहरुलाई धन्यवाद दिएकी थिइन्।

अगाडि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको यस लायन्स/ लियो क्लबले आउँदा दिनहरुमा पनि यस्तो कार्यलाई निरन्तरता दिने जोन चेयरपर्सन मनिता दंगालले बताएकी छिन् भने सो कार्यक्रम लायन्स क्लब अफ बासबारीका सचिव प्रदीप विष्टले सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.