Websoft University

विराटनगर नगर प्याब्सनलाई चुनाव लाग्यो, अध्यक्षमा चार आकंक्षी

 


विराटनगर भदौ २० गते । रातो तारा डट कम, प्याब्सन नगर कार्यसमिति विराटनगरको चुनावी सरगर्मी बढेको छ । प्याब्सन नगर कार्यसमतिकिो दोस्रो अधिवेशनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढेको हो । आउँदो भदौ ३१ गते विराटनगरमा हुने प्याब्सन नगर कार्यसमितिको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्दछ ।

यसअघि पनि निर्वाचनबाट नयाँ नेतृत्व चयन गरेको नगर प्याब्सनमा यसपटक पनि निर्वाचन हुने देखिएको छ । अध्यक्षसहित विभिन्न पदमा आकंक्षी बढदा प्याब्सन नगर कार्यसमितिको निर्वाचन हुने देखिएको हो ।

प्याब्सन नगर कार्यसमितिका उपाध्यक्ष मोहन बुढाथोकी अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । यस्तै अध्यक्षमा अर्जुन श्रेष्ठ, शिव प्रसाद अधिकारी र संजय कुमार यादवले पनि उम्मेदवारी दिने चर्चा रहेको छ । अध्यक्षको आकंक्षी श्रेष्ठ प्याब्सन नगर कार्यसमिति विराटनगरका वर्तमान सचिब हुन भने अधिकारी कोषाध्यक्ष हुन् । यस्तै अध्यक्षको आकंक्षी यादव सल्लाकार हुन् । 

सचिबमा दुई जनाको नाम चर्चामा रहेको छ । वर्तमान कार्यसमिति सदस्य अशोक लामाले सचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् भने कानुनी सल्लाकार दिपक घिमिरेले पनि सोही पदमा उम्मेदवारी दिने चर्चा रहेको छ । कोषाध्यक्षमा वर्तमान सहसचिब नन्दलाल मण्डलले उम्मेदवारी दिने भएका छन् । सोही पदमा गोपाल रिजालले पनि उम्मेदवारी दिने चर्चा रहेको छ । सह–सचिब सर्वसम्मत हुने देखिएको छ । अहिलेसम्म सह–सचिबमा हीरा थापाको मात्र नाम चर्चामा रहेको छ । उनी बर्तमान कार्यसमिति सदस्य हुन् ।

विराटनगर नगर प्याब्सनमा ५६ जना निजी विद्यालयले सदस्य रहेको सचिब अर्जुन श्रेष्ठले जानकारी दिए । चुनावी सरगर्मी बढेसँगै विराटनगर प्याब्सन नगर समितिका अध्यक्ष इन्द्र राई सर्वसम्मत नेतृत्व चयन गर्न लागि परेका छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.