Websoft University

वीपी प्रतिष्ठानमा भाडभैलो कायमै- ,उपकुलपती प्राध्यापक नभएको पुष्टि, हडताल तोडियो तालावन्दी कायमै

  

धरान । रातो तारा डट कम,वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरण गर्ने आन्दोलन चिकित्सकहरुले शनिवार देखि फिर्ता लिए पनि पदाधिकारीहरुको कार्यालयमा तालावन्दि भने कायमै रहे पछि  प्रतिष्ठानको काम कार्वाहिमा गम्भीर असर पर्न थालेको छ ।  

प्रतिष्ठान भित्र व्यापकरुपमा भ्रष्टचार मोैलाएको,राजनीतिक हस्तक्षेप वडेको भन्दै प्रतिष्ठान शुद्धिकरणको लागी त्यहाका चिकित्सक,विधार्थी तथा कर्मचारीहरुले चलाएको आन्दोलन झण्डै सय दिन पछि आईतवार देखि स्थगित गरेका छन । स्थगित हुनु मा आइतवार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै आन्दोलनकारीहरुलाई आन्दोलन फिर्ता गर्न आग्रह गरे पछि भएको कुरा आन्दोलनका सयोजक  डा एसपी रिमालले वताए । उनका अनुसार सहमती र मागहर पुरा गर्ने सन्दर्भमा स्वास्थ्य मन्त्रालयवाट आग्रह गरिएको र धरानका पनि सवै पक्षले गरेको आग्रह लाई ध्यान दिएको वताए । तर पदाधिकारीहरुले राजिनामा नदिउन्जेल सम्म पदाधिकारीहरुको कार्यालयमा लागेको ताला र उनीहरुको सवारी साधनको चावी  नियन्त्रणमा राख्ने काम भने यथावत रहेने वताए । उच्चस्तरीय कार्यदलको प्रतिवेदन र मन्त्रालयले गरेको ६ वुदे सहमति कार्यान्वयन गर्न सरकारले ढिलासुस्ती गरे पछि आन्दोलनरत पक्षले ओपिडी सेवा समेत वन्द गरेका थिए ।  

राजनीतिक दलहरुले ताला फोडे

 कतै नभएको जात्रा हाडि गाउमा भने झै वीपी प्रतिष्ठान भित्रको सय दिनको आन्दोलनले भने  नियममिच्ने कुरामा सवै आन्दोलनहरुलाई पछि पारेको छ ।  कुनै पनि अति आवश्यक सेवा दिने निकायमा एक घण्टा पनि हडताल तालावन्दी गरी सेवा अवरुद्ध गर्न पाईने छैन । यदि त्यसो गरेमा रु ५ लाख  सम्म जरीवाना र ५ महिना सम्म कैद हुने भन्ने स्वास्थ्यकर्मी तथा स्वास्थ्य सस्था ऐनको पहिलो सशोधन २०७८ मा उल्लेख छ । के यो नियम अस्पताल तोडफोड गर्ने सर्वसाधारणलाई मात्र होकी चिकित्सकहरुलाई पनि हो भन्ने सवाल खडा गरेको छ । नत्र एक सय दिन सम्म तालावन्दी गर्ने कार्य आफैमा कानुन विरोधी भएको स्थानिय राजनितिक दलहरुले आरोप लगाएका छन । प्रतिष्ठानमा आन्दोलनकारीहरुले ओपिडी सेवा समेत वन्द गरेर आन्दोलन गर्न थाले पछि गत हप्ता  नेकपा एमाले ,राष्टिय प्रजातन्त्र पार्टिहरु र लिम्वुवान पार्टिका कार्यकर्ता गएर उपकुलपतीको कार्यालयमा लगाईएको ताला फुटाएका छन । प्रहरी, ससस्त्र प्रहरी र प्रतिष्ठानका सेकयुरेटि गार्डहरुलाई समेत छक्याउदै करीव य जना राजनितिक दलका कार्यकर्ताहरु नारा जुलुस लगाउदै गएर ताला फुटाएका थिए । राजनितिक दलको सो कार्यको सर्वत्र निन्दा भए पछि शनिवार चार दलले एक पत्रकार सम्मेलन गरी तालाफुटाएको आफुरुले जिम्मा लिए पनि चिकित्सकहरुले ओपिडि सेवा समेत वन्द गरेर जनतालाई दुख दिएको कारण आफुहरुले त्यसो गनु परेको  वताएका थिए ।  तर ति दलहरुले दलवल सहित सो दिन ताला फ’टाउने कार्यक्रम वारे प्रहरी र प्रतिष्ठानको प्रशासन लाई जानकारी हुदाहुदै पनि उनीहरुलाई रोक्न नसक्नुर उनीहरुले उपकुलपतिको कार्यालयको मात्र ताला फुटाउनेले कतै तिने पदाधिकारीहरुको ईशारामा राजनीतिक दलहरु हरकतमा आएका  त हैनन भनि प्रश्न पनि उठेको थियो । यता आन्दोलन कै क्रममा प्रतिष्ठान प्रशासन र आन्दोलनकारी वीच पहिलो वार्ता गर्ने भनि वोलाईएको वैठकमा उपकुलपती स्वयम टन्न रक्सी खाएर आए पछि वार्ता भाडिएको सम्वभवत नेपालकै ईतिहासमा पहिलो घटना हुन सक्ने वौद्धिक वर्गमा चर्चाको विषय वनेको छ ।  यहि आन्दोलनको सिलसिलामा प्रतिष्ठानलाई सुद्धिकरण गर्न हालका चार जना पदाधिकारीलाई निकाल्नु पर्छ भनि धरानका नगर प्रम’खको नेतृत्वमा धरानका प्रमुख राजनीतिक दलका नेताहरुहरु र केहि वुद्धीजीवीको टोली काठमाण्डौ पुगेर प्रधानमन्त्री र स्वास्थ्य राज्य मन्त्रीहरुलाई भेटि हारगुहार गरेर फर्किए पछि त्यसको पनि व्यापक आलोचना भएको थियो ।

  स्वास्थ्य उपचार र शिक्षा एकै ठाउमा दिने विद्धानहरुको मन्दिर भित्र  भएका यि हरकतहरुवाट धरानमा वौद्धिक भन्दा पनि मारमुडग्रीकै जमात हावी रहेकोमा विश्लेषण गर्न थालिएको छ । 

राजीनामाको भित्रको राजनीति 

केभिड महामारीको वेला अक्सिजन जस्तो अति आवश्यक वस्तुको खरीदमा भ्रष्टचार गररे सयौ रोगीहरुको ज्यान जानथाले पछि  प्रतिष्ठान वाहिर र भित्रैवाट असन्तुष्टि उत्पन्न हुन गई आन्दोलनको शुरुआत भएको थियो । आन्दोलन चर्किए पछि सरकारले सचिव स्तरको एक कार्यदल नै वनाएर प्रतिवेदन समेत तयार गर्न लगाएको थियो । यता अख्तियारले समेत  एक हप्ता सम्म अनुसन्धान गरेर  कागजपत्र जफत गरेको छ । तर सरकारले आन्दोलनरत पक्ष सग गरेको ६ वुदे सहमति कार्यान्वयन नगरे पछि अहिले चारजना पदाधिकारीहरुले राजीनामा गएर कुरा अडकिएको छ ।  चार जना मध्ये रजिष्टार प्राडा मोहन चन्द्र रेग्मीले राजिनामा दिई स्विकृत पनि भई सकेको छ । भने अन्य ३ जना पदाधिकारीहरुले भने अझै राजिना दिएका छैनन । अलिकति पनि  नैतिकता भएको भए रक्सी खाएर वार्तामा वसेको काण्ड पछि नै उपक’लपतीले राजिनामा दिनु पथ्र्यो तर हाल सम्म पनि राजिनामा नदिएको कारण स्वास्थ्य मन्त्रालयले आईतवार एक विज्ञप्ती निकाली उपकुलपतीले कुनै प्राज्ञिक परीक्षा नै उतिर्ण नगरी प्राध्यापक लेख्ने गरेको आरोप सत्य भएको वताएको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवतmा कृष्ण प्रसाद पौडेले जारी गरेको विज्ञप्तीमा उपकुलपती गिरी प्राध्यापक भएको भन्ने प्रमाण प्राप्त नभएकोले प्रचलित कानुन वमोजिम को प्रक्रिया शुरु भईसकेको उल्लेख गरेको छ ।  उपकुलपतीमा निय’तिm भएका डा गिरीले आफु प्राध्यापक भएको दावी गर्दै आए पनि शुरु देखि नै उनका समकक्षीहरुले उनको उपाधी  माथी प्रश्न उठाउदै आएका थिए ।  

केपीओली सरकारको पालामा तत्कालिन स्वास्थ्य मन्त्री भानुभतm ढकालले उपकुलपती वनाएका गिरीलाई हाल ओली पक्षधर र प्रतिष्ठानका व्यापारी ठेकेदारहरुले नै जेसुकै भए पनि राजिनामा नदिन उकासी रहेको वताईन्छ । नेकपा एमालेकै नेतृत्वमा गत हप्ता आन्दोलनकारीले लगाएको ताला फोर्न गएकोले पनि यो कुराको पुष्टि गर्दछ । उपक’लपतीको उदण्डताको कारण अन्य पदाधिकारीहरुले पनि  ३ महिना देखि काम गर्न नपाउदा प्रतिष्ठानको आर्थिक अवस्था भने झनै धरासाहि वन्दै गएमा  कर्मचारीहरु चिन्तित भएको वताउछन ।  

 प्रतिष्ठानलाई जतिसुकै शुद्धि गर्ने नारा दिएर अहिले चारजना पदाधिकारीहरुको राजिनामा मागे पनि अव आउने पदाधिकारीहरु पनि राजनीतिक निय’तिm नै गर्ने हो भने प्रतिष्ठान फेरी जस्ताको तस्तै अवस्थामा पुग्ने छ । तर नेपाली काग्रेस र नेकपा माओवादिका स्थानिय नेताहरु हलका चार जना पदाधिकारीलाई निकालेर आफनो मान्छे भर्ना गर्न अहिले देखि नै उम्मेदवार छनौट भई सकेको वताईन्छ ।  

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.