Websoft University

गलत तरिकाले सडक कालोपत्रे गरेको प्रति जनता आक्रोशित जनप्रतिनिधि लाई ध्यानाकर्षण गराए

 


गाइघाट  भदौ २९ गते । रातो तारा डट कम,सडक कालो पत्रे गर्ने काममा मापदण्ड पुरा नगरी ठेकेदारले कमसल काम गरेको भन्दै स्थानियले जनप्रतिनिधिहरु को ध्यानाकर्षण गरेकाछन । त्रियुगा नगरपालिकाको वडान १५ रानीवास देखि रौतापोखरी सम्मको १६ किमि सडक मध्ये चार किलोमिटर बाटोमा कालोपत्रे गर्ने ठेक्का लागेकोमा हुवास देखी डहर सम्मको १ हजार ८ सय मिटर सडक मा गरीएको कालो पत्रे गुणस्तरहीन भएको आरोप स्थानियले लगाएकाछन । सडक कार्यालयले ठेक्का लगाउदा उल्लेख गरेको मापदण्ड विपरीत काम गरकोले सम्वन्धित निमार्ण कम्पनि लाँइ कार्यवाहि गर्न गाउलेहरुले माग गरेकाहुन । त्रियुगा नगरपालिका  वडा न १५ का वडा अधक्ष्य कुलुङ राइ लाई सम्वोधन गरिएको माग पत्रमा कालो पत्रे गरिएको बाटोमा नाला मर्मत  नगरी पिच गरिएको, वेसको रोडा प्रयोग नगरिएको र कालो पत्रे गर्दा महीतेल सट्टा डिजेल प्रयोग गरी काम गरीएको उल्लेख छ । विना मापदण्ड र गुणस्तरहीन काम गराइले भर्खरै गरीएको सडक कालोपत्रे उप्कन लागेको उल्लेख गर्दै छानविन गरेर कार्यवाहि गर्न भनीएको छ । वडा  अधक्ष्य राईले स्थानिय वासिन्दाको ध्यानकर्षण पत्र पाएपछि सडकको कामको स्थलगत निरिक्षण गरीएको बताए । “मापदण्ड विपरीत काम भएको रहेछ । “सडक डिभिजन लहान लाई तत्काल काममा सुधार गर्न आग्रह गरेका छौ ।” उनले भने । ठेकेदार र कर्मचारीको बदमासी बाट काम भएको पाएपछि अहिले अनुगमनको काम लाइ तिब्रता दिएका छौ।” उनले भने । सडक डिभिजन कार्यालय लहानका इन्जिनियर सुभाष दत्तले ठेकेदार बाट केही कमजोरी भएको बताए । नाला मर्मत नगरी पिचको काम गरीएकोले केही खण्डमा मापदण्ड बिपरीत काम भएको उनले स्वीकार गरे । १ करोड ३० लाख रुपैयाको लागतमा आर्दस कन्ट्रक्सन लहानको ठेक्का रहेको उक्त सडक को कालो पत्रे गर्ने काम गत आर्थिक बर्ष मै पुरा गरीसक्नु पर्नेमा कोरोनाको कारण अझै काम सम्पन्न हुन सकेको छैन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.