Websoft University

आज राति देखि सरकारले कर उठाउन चै पाउने खर्च गर्न नपाउने ?


काठमाण्डौ भदौ ३० गते । रातो तारा डट कम, ओली सरकारले अध्यादेशबाट ल्याएको बजेट सदनबाट पास हुन सकेन । सदनबाट प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा आजरातीदेखि सरकारी खर्च रोकिने भएको छ । संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ । 

अघिल्लो सरकारले १५ जेठमा ल्याएको बजेट अध्यादेश ३ साउनमा संसदमा पेश भएको थियो । बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्थाअनुसार आज राति देखि विद्येयक पारित गर्ने समयावधि सकिँदैछ । तर संसद बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । समयमै विधेयक पारित हुन नसकेपछि सरकारी खर्च रोकिए पनि कर भने उठ्ने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो । 

हिजो संसद बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पारित नहुँदा केही दिन सरकारी खर्च रोकिन सक्ने तर ठूलो असर नपर्ने बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले भने बजेट प्रतिस्थापन विधेयक संसद्मा पारित नहुँदा आउने कानुनी जटिलताले सरकारी खर्च गर्न नरोकिने बताउनुभएको छ । 

हिजो संसद् भवनबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री देउवाले पत्रकारहरुसंग संक्षिप्त प्रतिक्रिया व्यक्त गर्दै हिजो जसरी खर्च भएको थियो त्यसैगरी हुने बताउनुभयो । तर हिजो बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभा बैठकको बहुमतले स्वीकृत गरेको घोषणा गर्नु भएको होे । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.