Websoft University

इटहरी उपमहानगरपालिकाले झण्डोतोलन र अपाङ्गताभएकाहरुलाई सहयोगि समाग्री वितरण


सुनसरी इटहरी असोज ३ गते । रातो तारा डट कम, इटहरी उपमहानगरपालिकाले झण्डोतोलन र अपाङ्गताभएकाहरुलाई सहयोगि समाग्री वितरण गरेर संविधान दिवस मनाएको छ । इटहरी गोल चौकमा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले झण्डोतोलन गर्नुभयो ।

यसअघि उपमहानगरपालिकामा आयोजित कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले अपाङ्गताभएकाहरुलाई सहयोगी समाग्री वितरण अभियानको शुभारम्भ गर्नुभयो । आज सुरु भएको अभियान अन्र्तगत विभिन्न वडाहरुमा गरि ३ सय ९३ जना अपाङ्गताभएकाहरुलाई सहयोगी समाग्री वितरण गरिने जानकारी दिनुभयो ।

सामाजिक विकास समितिका संयोजक इटहरी वडा नम्वर ४ का अध्यक्ष चन्द्र भटटराईले इटहरी उपमहानगरपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रमले अपाङ्गता तथा फरक क्षमता भएकाहरुलाई जीवन जीउने क्रममा सहजता पुगेको वताउनुभयो । प्रमुख प्रशासकीय अघिकृत सूर्य सुवेदीले सहयोगी समाग्रीहरु हिवलचेयर,वाकर,सेती छडी लगायतका कारण ब्यक्तिगत जीवन पहिलेको भन्दा सहज हुने विश्वास ब्यक्त गर्नुभयो । सोही कार्यक्रममा उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत २ जना ब्यक्तिहरुलाई उपमेयर लक्ष्मी गौतम  र वडाध्यक्ष चन्द्र भटटराईले सिलाई मेशिनसमेत प्रदान गर्नुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.