Websoft University

चैनपुरको आइसोलेसनलाई स्वास्थ्य सामग्री हस्तान्तरण

फायल फोटो- मोहन कुमार राई - असोज ३ गते। रातो तारा डट कम,प्रकृति संरक्षण कोष नेपालले (प्रोजेक्ट होप) द्धारा संखुवासभाको चैनपर स्थित आइसोलेसनलाई कोभिड नियन्त्रण सम्बन्धि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । 

प्रकृति संरक्षण कोषका सदस्य सचिव सरद चन्द्र अधिकारीले चैनपुर नगरपालिकाका नगर उप प्रमुख मुना श्रेष्ठलाई एक लाख मूल्य बराबरको कोभिड नियन्त्रण सँग सम्बन्धित स्वास्थ्य सामग्री एक कार्यक्रमका वीच हस्तान्तण गरिएको थियो । कार्यक्रममा चैनपुर नगरपालिाका भित्रका स्वास्थ्य संस्थाहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री आफ्नो संस्थाबाट दिन आफु तयार रहेको संस्थाको सदस्य सचिव अधिकारीले वताउनुभयो । ग्लोवस १० हजार थान, केएन ९५ –२ हजार थान, फेस सिल्ड ५ सय थान, ग्राउन ४ सय थान, थर्मलगन १० थान लगायतको कोभिड स्वास्थ्य सामग्री हस्तान्तरण गरेको अहेव चन्द्रा अधिकारीले वताउनुभयो । 

दुईदिन अघि कोशीटप्पु आरक्षणको एक कार्यक्रममा  आइपुग्नुभएको सदस्य सचिव अधिकारीले आफ्नो गृहजिल्ला संखुवासभा स्थित चैनपुरका स्वास्थ्य संस्थाहरुलाई लक्षित गरी स्वास्थ्य सामग्री उपलब्ध गराएको चैनपुर नगरपालिका स्वास्थ्य प्रमुख नरबहादुर श्रेष्ठले बताउनुभयो  । चैनपुर नगरक्षेत्रभित्र रहेको १८ वर्ष माथिका सबै नागरिकहरुलाई अव केही दिनभित्रै कोभिड खोप लगाउने तयारी रहेको समते स्वास्थ्य प्रमुख श्रेष्ठले वताउनुभयो । उसो त निमार्णाधिन चैनपुर अस्पतालका लागि स्वास्थ्य उपकरणहरु व्यवस्थापन गर्नका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग सहजिकरण गरिदिन प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरका मेडिकल अधिकृत डा.रुपेश झाले कार्यक्रममा अनुरोध गर्नुभएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.