Websoft University

नेपालले एकदिवसीय क्रिकेट खेलमा ओमानमाथि पहिलो जित निकालेको छ


काठमाण्डौ असोज ४ गते । रातो तारा डट कम, आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्र्तराष्ट्रिय श्रृखलाको अन्तिम खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । अल अमिरात क्रिकेट मैदानमा हिजो भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ७ विकेटले पराजित गरेको हो। यससँगै नेपालले एकदिवसीय खेलमा ओमानमाथि पहिलो जित निकालेको छ । ओमानले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेल्नुभएको थियो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.