Websoft University

एमालेले आज पनि संसद अवरोध कायमै राख्ने,आजै बजै बजेट पनि सदनमा पेस हुने


काठमाण्डौ असोज ४ गते । रातो तारा डट कम, सत्तापक्षले प्रतिनिधिसभाको आजको बैठकबाट बजेट प्रतिस्थापन विधेयक पारित गर्ने तयारी गरेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीसमेत बजेट पारितका लागि अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने उल्लेख छ । आर्थिक विधेयक, २०७८ माथि दफावार छलफलको लागि दिन तोक्ने र अर्थमन्त्री शर्माले राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्नुहुने पनि सम्भावित सूचीमा छ । सांसद प्रेम सुवालले विनियोजन विधेयक २०७८ अन्र्तगत विभिन्न मन्त्रालय, कार्यालय एवम् सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस भनी खर्च कटौतीका प्रस्ताव पेश गर्ने, विनियोजन विधेयक २०७८ अन्तर्गत छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने, विनियोजन विधेयक २०७८ का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीछ । तर नेकपा एमालेले आफ्नो पार्टीका १४ सांसदलाई पदमुक्त गरेको सूचना सार्वजनिक गर्नुपर्ने माग राख्दै संसद बैठक अवरुद्ध गर्दै आइरहेको छ । आजको बैठकमा पनि आफूहरूको विरोध कायमै राख्ने एमाले पार्टी सचिवालयले जानकारी गराएको छ ।


 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.