Websoft University

अहिले सम्म सदन अवरुद्ध, संसद बैठक खुलाउन ढिलाइ हुँदा राज्यको खर्च रोकियो

 


काठमाण्डौ असोज २ गते । रातो तारा डट कम, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरुद्ध पार्दै आएको संसद बैठक खुलाउन तथा  यस बारेमा सहमतिका लागि सत्ता र प्रतिपक्षि दुबै पक्षले पहल गर्न सकेका छैनन् । 

बजेट सम्बन्धि प्रतिस्थापन विधेयक पारित गर्न ढिलाइ हुँदा राज्यको खर्च रोकिएको छ, यस्तो अवस्थामा छिटो गतिरोध अन्त्य गर्नको लागि सरकार पक्षबाट पहल नभएको एमालेले बताएको छ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले हिजो अछाममा पत्रकारसँग कुराकानी गर्दै संसदको अवरोध खुलाउन सत्ता पक्षले कुनै पहल नगरेको बताउनुभयो । 

जनताले निर्वाचित गरेका प्रतिनिधिहरुको सार्वभौम थलो संसदको उपयोगितालाई सिद्ध गर्नुपर्ने भएपनि सत्ता पक्षकै कारण संसदमा अवरोध कायम रहेको उहाँको भनाइ थियो । तर सभामुख अग्नि सापकोटाले केही दिन अघि बोलाएको सर्वदलिय बैठकमा एमाले सहभागि भएको थिएन । सत्ता पक्ष र प्रतिपक्ष बीचमा देखिएको दूरीले राज्य संयन्त्रसम्म प्रभाव परेको छ । 




 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.