Websoft University

चर्चित शक्तिपीठ सिद्धकाली मन्दिरमा क्षमा पूजा

मोहन कुमार राई- असोज २  गते । रातो तारा डट कम, संखुवासभा, चैनपुर नगरपालिका स्थित नेपालकै चर्चित शक्तिपीठ सिद्धकाली मन्दिरमा क्षमा पूजा गरिएको छ । 


सिद्धकाली मन्दिरको पुरानो छानोलाई हटाएर नयाँ पित्तलको छानो फेर्नेक्रममा क्षमापूजाको कार्यक्रम गरिको समितिका सचिव पदम बहादुर अधिकारीले वताउनुभयो । 

कार्यक्रममा प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय तुलसी प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । आफ्नो गृह जिल्ला आजै आइपुग्नुभएका मन्त्री न्यौपानेले कार्यक्रममा लोकतन्त्रको संमृद्धिकालागि अभ्यासरत रहेको वताउनुहुँदै राजनैतिक पार्टीहरु वीच द्धन्द र विवादहरु आएपनि आशावादी रहेको वताउनुभयो  । मन्त्रीको  जिम्मेवारी पाएसँगै प्रदेशका विभिन्न जिल्ला लगायत यो जिल्ला र क्षेत्रप्रति विशेष लगाव रहने भन्दै यस क्षेत्रको माटोप्रति श्रीवृद्धिका लागि आफु प्रयासरत रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । क्षमापूजा कार्यक्रमको अवसरमा मन्दिर निर्माणको क्रममा भएगरिएका कमिकम्जोरी प्रति सिद्धकाली भगवतीसँग क्षमा माग्नु भएको छ । 

संखुवासभाबाट प्रदेश सासदमा विजय भएका नेकपा एमालेका नेता तुलसी प्रसाद न्यौपाने प्रदेश सरकारको पुनर गठनको क्रममा आर्थिक मामिला तथा योजना मन्त्रीको पद सम्हानु भएको हो । आफु सूर्य चिन्हबाटै जनताले विजयी गरेर पठाएको हुँदा आफ्नो कार्यकालमा आफु परिवर्तन नहुने समेत मन्त्री न्यौपानेले वताउनुभयो ।

मन्दिर संरक्षण समितिका अध्यक्ष गणेशनाथ जोगीको सभापतित्वमा भएको सो कार्यक्रममा सिद्धकाली मन्दिर संरक्षण समितिक सचिव पदम बहादुर अधिकारी, नेपाली काँग्रेस तथा अन्य  पार्टीहरुहको प्रतिनिधि नेपाली काँग्रेका नेता कुमारबाबु अधिकारी, चैनपुर नगरपालिका नगर उपप्रमुख मुना श्रेष्ठ, चैनपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत किरण प्रसाद ढकाल लगायतले मन्तव्य दिनुभएको थियो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.