Websoft University

१नम्बर प्रदेश मन्त्रिपरिषदले आज विभिन्न निर्णयहरु गरेको छ

विराटनगर, २३ भदौंः। रातो तारा डट कम,प्रदेश –१ मुख्यमन्त्रि तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज (बुधबार) मन्त्रिपरिषद्को बैठक बसेको छ । बैठकले सार्वजनिक सेवा गुणस्तरिय र प्रभावकारी बनाउने तथा सार्वजनिक सेवा प्रवाह व्यवस्थित गर्न १४ वटै जिल्लामा कृषी ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र  स्थापना गर्ने निर्णय गरेको छ । कार्यालयका सेवा प्रवाहलाई व्यवस्थित गर्न प्रत्येक जिल्लामा एकिकृत संगठन संरचना तयार गरि सेवा प्रवाहा गर्ने निर्णय गरेको हो । प्रदेश भरीका कृषकहरुको सहजताका लागि भूमी व्यवस्था, कृषी तथा सहकारी मन्त्रालय अन्तर्गत रहने यस्तो निर्णय गरेको हो । 

यस्तै बैठकले सामाजिक विकास मन्त्रालय अन्तर्गत १४ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रि लक्ष्मण तिवारीले जानकारी दिनु भयो ।

उहाँका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत १४ वटै जिल्लाका पूर्वाधार विकास कार्यालयहरु स्थापना गर्ने निर्णय भएको छ । यस अन्तर्गत सडक, शहरी विकास, झोलुङ्गे पुल तथा पक्की पुल लगायतका काम पर्छन् । यस्तै खानेपानी, सिचाई, उर्जा, जलश्रोत लगायतका विषयका काम कारवाहीलाई प्रभावकारी बनाउन १४ वटै जिल्लामा खानेपानी तथा जलश्रोत व्यवस्थापन कार्यालयको स्थापना गर्ने निर्णय गरिएको छ ।  

यस अघि मन्त्रि परिषदको बैठकले यातायात व्यवस्था र मालपोत कार्यालयको गुणस्तरिय सेवा प्रभाहका लागि अनलाइन प्रणालीमा सेवा प्रभाव गर्ने निर्णय गरि सकेको छ । जनतालाई घर दैलोमा गुणस्तरिय सेवा प्रवाह गर्ने कामलाई  प्रदेश सरकारले उच्च प्राथामिकतामा राखेको मन्त्री तिवारीले बताउनु भयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.