Websoft University

क्रिकेटका आज दुई खेल हुने


काठमाण्डौ असोज ९ गते । रातो तारा डट कम, तइन्डियन प्रिमियर लिग क्रिकेट   (आईपीएल) २०२० मा अन्तर्गत आज दुई ओटा खेलहरू हुँदैछन् । आजको खेलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स तथा सनराइजर्स हैदरावाद र पञ्जाब किंग्सबीच प्रतिस्पर्धा हुनेछ । 

जायद क्रिकेट स्टेडियममा हुने आजको पहिलो खेलमा दिल्ली र राजस्थानबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो ३ ः ४५ मा सुरु हुनेछ । यस्तै सारजहा क्रिकेट मैदानमा हुने हैदरवाद र पञ्जाबबीचको खेल साँझ ७ ः ४५ मा सुरु हुनेछ । यसअघि, गयराति भएको खेलमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । 

चेन्नईले बैंगलोरलाई ६ विकेटले पराजित गर्दै जित हात पारेको हो । बैंगलोरले दिएको १ सय ५७ रनको लक्ष्य चेन्नईले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो । पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । जितसँगै ९ खेलमा १४ अङ्क जोडेको चेन्नई शीर्ष स्थानमा उक्लिएको छ । ९ खेलमा १० अङ्क जोडेर बैंगलोर तेस्रो स्थानमा छ । आइपीएलमा आज दुई वटा खेल हुँदैछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.