Websoft University

तालिबानले पञ्जशिर प्रान्त पनि कब्जा ग¥यो

 


काठमाण्डौ भदौ २२ गते । रातो तारा डट कम, तालिबानले अफगानिस्तानको पुर्वि उत्तर शहर पञ्जशिर प्रान्तमा विजय घोषणा गरेको छ । पञ्जशिर प्रान्त तालिवानको शासन बाहिर रहेको थियो । तालिवानले यो प्रान्तमा आफ्नो विजय भएको भन्दै झण्डा फहराउने काम गरेको छ । 

समूहले आज आफ्ना झण्डा उठाएको दृश्य अनलाइनमा सार्वजनिक गरेको छ । विद्रोहीहरूले आक्रमण गरेपछि केही घण्टा भिडन्त भएको त्यस क्षेत्रमा अन्ततः तलिबान समूहले चारै किल्ला कब्जा गरेको दाबी गरेको हो । तर तालिबान विद्रोहीलाई प्रतिकार गरेको पक्षले भने तालिबान विद्रोहीको दाबीको खण्डन गर्दै त्यो क्षेत्र अझै पनि आफूहरूकै नियन्त्रणमा रहेको दाबी गरेका छन् ।  

दुवै पक्षले आ–आफ्नो दाबी गरेपछि अन्यौलता सृजना भएको छ । त्यस क्षेत्रमा अहिले पनि भिडन्त जारी नै रहेको बताईएको छ । पञ्जशिर उपत्यकामा भिडन्तका कारण सञ्चार सेवा पनि टुटेकाले थप विवरणहरू सार्वजनिक हुन गाह्रो  भएको स्थानीय सञ्चारकर्मीलाइ उधृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले खबर लेखेका छन् । पञ्जशीरमा झण्डै डेढ लाख देखि २ लाख सम्म नागरिकको बसोबास रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.