Websoft University

मोरङको सुन्दरहरैंचामा टिफरको ठक्करबाट एक जनाको मृत्यु!

 


शिव भट्टराई,मोरङ भदौ १६ गते । रातो तारा डट कम,मंगलबार राति अन्दाजी ९:३० बजेको समयमा मोरङको सुन्दरहरैचा नगरपालिका वार्ड नं ७ ठडीया स्थित पुर्ब पश्चिम पक्कि राजमार्गमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको को.१ ख.६५०५ न.को गिटि लोड भएको टिफरले बिपरित दिशा तर्फ बाट आउदै गरेको प्रदेश १-०२-०४१ प.९१२५ न.को मोसा.लाई ठक्कर दिएको छ।


उक्त टिफर पल्टिन गई दुर्घट्ना हुँदा तत्काल नामथर वतन नखुलेको चालकलाई किचेको भन्ने खबर प्राप्त हुना साथ ट्राफीक प्रहरी गछियाबाट प्रसनिको टोली खटेर उक्त घाईतेलाई उद्दार गरी मोटरसाइकल चालक मोरङ पथरि –२ बस्ने अन्दाजी ४३ वर्षीय बिरेन्द्र लिम्बुलाई उपचारको लागी धरान घोपा.पठाईएको थियो। घाइतेको अन्दाजी १०:४० बजे उपचारको क्रममा मृत्यु भएको छ।

टिफर , मोटरसाइकल र टिफर चालक बेलबारी नपा -३ बस्ने ४८ वर्षीय बुद्दिमान उराउ प्रहरी चौकी गछीयाको नियन्त्रणमा रहेको प्रदेश नं १ ट्राफीक प्रहरी कार्यलय इटहरीले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.