Websoft University

हतियार चोरी गरेको अभियोगमा दुई वर्षदेखि थुनामा रहेका व्याक्ति निर्दोष साबित भए

(फायल फोटो)
 श्याम राई÷उदयपुर  गाईघाट, ४ भदौ। रातो तारा डट कम, हतियार चोरी गरेको अभियोगमा दुई वर्षदेखि थुनामा रहेका उदयपुरका त्रियुगा नगरपालिका बस्ने एक सैनिक जवान सहित दुई जना निर्दोषी सावित भएकाछन् ।

चितवनस्थीत नेपाली सेनको काली वहादुर गणबाट २०७५ पौष २ गते १०७९२ नम्बरको सर्ट मेशिन गन ( एसएमजी ) हराएको थियो । हतियार चोरी गरेको भन्दै तत्कालिन गणपती मेजर दीपेन्द्र श्रेष्ठले सेनाका जवान लब गुरुङ्ग र सुनसरी ईटहरीका सरोज तामाङ्ग माथि दोष लगाउँदै यातना समेत दिएका थिए ।

गण भित्रैबाट हतियार हराएको विषयमा सेनाको सैनिक अदालतले उनीहरु दुबैलाई दोषि ठहर गर्दै थुनामा पठाउन आदेस दिएसँगै विगत २ वर्षदेखि उनीहरु थुनामा रहदै आएकाछन् ।

२०७५ साउनमा उनीहरु मिशन गएर फर्किएका थिए । गणमा आएर हाजिर भएको केही समयदेखि नै गणपतीले उनीहरुलाई दुःख दिन थालेका थिए ।

मेजर र उनीहरुबीच पटकपटक झगडा समेत भएको थियो । दुबै जना घर विदामा रहेको बेला २०७५ पौष २ गते व्यारेकबाट हतियार हराएको थियो । सो हतियार चोरी गरेको भन्दै विदामा बसेका उनीहरुलाई घरबाट पक्राऊगरि थुनामा राखियो ।

‘‘ थुनामा यातना दिएर जबरजस्ती आफूहरुले हतियार चोरी गरेको भन्दै अपराध स्वीकार गर्न लगाएर फसाईयो ।’’ लब कुमारका श्रीमती प्रमिलाले बताईन् ,‘‘श्रीमान्का साथीहरुले पनि हाकिमले कुटपिट गरेर अपराध स्वीकार गर्न लगाएको जानकारी दिएका थिए ।’ उनले भनिन् ।

गत साउन ७ गते नेपाली सेनाको हुद्दा भरत गुरुङ्गको चितवनमा हत्या भएपछि एसएमजी चारी घटनाको बास्तविकता खुल्न आएको थियो । सैनिक जवान गंगाघर ढकालले लबले चोरी गरेको भनिएको त्यही एसएमजी प्रयोग गरेर गुरुङ्गको हत्या गरेको प्रहरीले पुष्टी गरेको थियो । प्रहरीले हत्या काण्डको केही समयपछि चोरी भएको उक्त हतियार र हत्या गर्ने ढकाललाई पक्राऊ गरेपछि अनाहकमा सैनिक हिरासतमा थुनामा रहेका उनीहरु निर्दोषी रहेको खुलेको छ ।

ढकालले गणबाटै उक्त हतियार चोरी गरेको प्रहरीले समक्ष बयान दिएकाछन् । ढकाल र गुरुङ्ग मिल्ने साथी भए पनि पैसाको लागि हत्या भएको खुलेको चितवन प्रहरी श्रोतले जनाएको छ । हतियार चोरी अभियोगमा सैनिक जेलमै रहेका उनीहरु अझै थुनामुक्त भएकाछैनन् । विना कसुर दुई वर्षदेखि थुनामा रहदा मानसिक रुपमा पिडितहरुलाई क्षतिपूर्तिको व्यवस्था र जबजस्ती यातना दिएर अभियोग स्वीकार गर्न लगाउने तत्कालिन गणपती श्रेष्ठलाई कार्यवाही गर्न पनि उनीहरुका आफन्तहरुले माग गरेकाछन् ।








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.