Websoft University

श्री रघुपति जुट मिल्स लि.को एक वर्ष सम्म हिरक जयन्ती मनाउने


बिराटनगर भदौ ७ गते । रातो तारा डट कम,आजभन्दा ७५ वर्ष अगाडी वि.सं. २००३ साल भाद्र ७ गते विराटनगरको रानी मिल्स एरियामा स्थापित श्री रघुपति जुट मिल्स लि. नेपाल कै एतिहासिक जुट उद्योग रहेको छ । यो उद्योग नेपाल सरकारको निजीकरण कार्यक्रम अन्तर्गत २०५३ साल भाद्रबाट गोल्छा अर्गनाइजेशन ९च्प्न्० बाट संचालित छ । हाल यो उद्योगमा करिव ३००० कामदारले प्रत्यक्ष रोजगारी पाएका छन् भने अप्रत्यक्ष रुपमा यो उद्यागले लाखौको जीवनयापन र आर्थिक सामाजिक समृद्धिका योगदान दिएको छ ।

७५ वर्षसम्म निरन्तर संचालनमा रहने नेपालको यो एकमात्र उद्योग रहेको छ । यसै सन्दर्भमा आज देखि १ वषर््ासम्म हीरक महोत्सव विविध कार्यक्रम सहित मनाइने छ । आजबाट प्रारम्भ भएको महोत्सवको शुभारम्भ वृक्षा रोपणबाट गरियो । उद्योग परिषरमा वृक्षिारोपणमा उद्योग संगठन मोरङ, व्यापार संघ मोरङ, स्थानिय पदाधिकारी एवं कामदार, कर्मचारी, ट्रेडयूनियनहरुको सहभागिता रहयो । 

७५ वर्ष पुगेको उपलक्ष्यमा विविध किसिमका ७५ विरुवा रोपिएको छ । यो कार्यक्रममा यस उद्योगका संचालक श्री राजकुमार गोल्छाले सवैलाई हार्दिक स्वागत गर्दै उद्योगको विगत, वर्तमान र भविष्यको संक्षिप्त रुपरेखा अवगत गराउँदै धन्यवाद ज्ञापन गर्नु भयो ।

उद्योगले विविध कार्यक्रम सहित १ वर्षसम्म हीरक महोत्सव मनाउने छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.