Websoft University

रौतामाई, ताप्लीको रुपाटार, लिम्चुङ्गबुङ्ग गाउँपालिकाको केन्द्र जोड्ने ग्रामीण सडक भारी वर्षाले बिग्रियो


 श्याम राई÷उदयपुर गाईघाट, ७ भदौ । रातो तारा डट कम, निरन्तरको वर्षा पछिको बाढी पहिरोले उदयपुरको पहाडी भेगका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेकाछन् ।

रौतामाई, ताप्लीको रुपाटार, लिम्चुङ्गबुङ्ग गाउँपालिकाको केन्द्र जोड्ने ग्रामीण सडक भारी वर्षाले विगारेपछि अहिले जिल्ला सदरमुकाम गाईघाटसँगको यातायात सम्पर्क विच्छेद हुन पुगेको छ । वर्षाले धेरै सडक खण्डमा पहिरो गएर बाटोको नामोनिसाना समेत मेटिएको छ । नियमित संचालनमा आईरहेको यातायात सेवा बाटो नहुँदा पूर्णरुपमा ठप्पभएकोछ । अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको भए पनि निरन्तरको वर्षाले काम गर्न कठिन भएको हुदा स्थानीय तहबाट गरिएको सबै प्रयास विफल बनेको छ ।

‘‘हामीले बाटो खुलाउने प्रयास गरिरहेका छौ । तर वर्षा नरोकिएको कारण सफल हुन सकेकाछैनौ ।’’ रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्र खड्काले भने ।‘ दिनभरी पहिरो पन्छाएर सफा गर्यो, रातभरी पानी पर्छ, भोलिपल्ट जस्ताको त्यस्तै हुन्छ ।’ उनले भने ।

ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धबसिंह थापाले वर्षाले गर्दा अवरुद्ध बाटो खुलाउने काममा कठिन भैरहेको बताए । ‘ हामीले तिन चार दिनदेखि निरन्तर खटेर काम गरिरहेकाछौ । तर वर्षाले काम गर्न कठिन भएको छ । ’ उनले भने ।‘ घाम नलागेसम्म अवरुद्ध बाटो खोल्न कठिन हुने उनले बताए ।

पाहाडी भेगका अधिकांश ग्रामीण सडक अवरुद्धले दैनिक उपभोग्य सामाग्रीहरुको यतिखेर चरम अभाब हुन थालेको छ ।‘ एक सातादेखि खाद्धान्न लगायतका दैनिक उपभोक्त सामाग्रीहरुको सहज आपूर्ति हुन सकेको छैन ।’ रुपाटारका स्थानीय बासिन्दा तोप वहादुर हमालले बताए । दैनिक उपभोग्य सामानको अभाब हुदा स्थानीय बासिन्दा समस्यामा परेको उनले बताए । उनले अवरुद्ध सडक नखुले सम्म मालसमान ढुवानीमा समस्या हुने बताए ।

कटारी– सोलुखुम्बु सिद्धिचरण लोकमार्गको धेरै ठाउँमा बाढी पहिरो गएर सडक अवरुद्ध हुदा पहाडी भेगतर्फको सडक खण्डमा यातायात पूर्ण रुपमा ठप्प भएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।‘ अवरुद्ध सडक सूचारु गर्ने हरसंभब प्रयास गरिरहेकाछौ ।’ उनले भने । तर वर्षाले गर्दा काम गर्न समस्या परेको छ ।’ उनले भने ।

गाईघाट–दिक्तेल सडक खण्ड अन्तर्गतको साउने–अधेरी खण्डमा वर्षाले सडक पिच भत्काएको छ । भत्काएको बाटो मर्मत संभार गर्न कठिन भएको योजना कार्यालयले जनाएको छ । राष्ट्रिय गौरबको मदन भण्डारी लोक मार्गको गाईघाट–कटारी सडक खण्डको ठाउँ, ठाउँमा पहिरो गएर बाटो अवरुद्ध बनाएकोले यातायात संचालनमा कठिन भएको छ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.