Websoft University

प्रदेश १ मा ८४७ जनामा कोरोना संक्रमण


विराटनगर, २२ साउन । रातो तारा डट कम, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४७ जनामा कोरोना संक्रमणभएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा ३६५ र १ हजार ५२६ जनाको एन्टिजेन परीक्षणगर्दा ४८२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयलेजनाएको छ । 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२४, झापामा १०३, सुनसरीमा ९१, धनकुटामा १४, पाँचथरमा १०, उदयपुरमा ६, भोजपुरमा २, इलाम र ते¥हथुममा ४–४ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको छ । 

मोरङको विराटनगरमा ४९, बेलबारीमा ३१, सुन्दरहरैचामा १०, पथरीशनिश्चरेमा ९, उर्लाबारीमा ८, लेटाङमा ४, बुढीगंगा, कानेपोखरी र स्थानीय तह नखुलेका ३–३, ग्रामथानमा २, रंगेली र मिक्लाजुङमा १–१, झापाको दमकमा २२, विर्तामोडमा २१, मेचीनगरमा १६, भद्रपुरमा १३, अर्जुनधारामा ११, गौरादह, बुद्धशान्ति र स्थानीय तह नखुलेका ५–५, शिवसताक्षीमा २, कमल गाउँपालिका, कचनकवल र कनकाईमा १–१, सुनसरीको इटहरीमा ४३, धरानमा ४०, इनरुवामा ३, बराहक्षेत्र र स्थानीय तह नखुलेका २–२, रामधुनीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ९, शहिदभूमीमा २, महालक्ष्मी, छथर र पाख्रिबासमा  १–१, पाँचथरको फिदिममा ७, हिलिहाङ, मिक्लाजुङ र फालेलुङमा १–१, उदयपुरको त्रियुगामा ४ र स्थानीय तह नखुलेका २, भोजपुरमा २, इलामको चुलाचुलीमा २, देउमाई र सुर्योदयमा १–१, ते¥हथुमको म्याङलुङ, लालीगुराँस, फेदाप, छथरमा १–१, प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको  छ । 

प्रदेश १ मा आज ४६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१९ महिला र २४६ पुरुष संक्रमणमुक्त भएका हुन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.